नेभिगेशन
अन्य

१६बुँदे सहमति हतारमा भयो : राष्ट्रपति

काठमाडौं । राष्ट्रपति डा. रामवरण यादवले प्रमुख चार दलबीच भएको १६ बुँदे सम्झौता हतारमा भएको बताएका छन् । उनले विधि र प्रक्रियाअनुसार जनताले स्वामित्व लिने गरी संविधान जारी गर्न दलहरूलाई आग्रह गरेका छन् । ‘१६ बुँदे सहमति यति हतारमा भएको छ कि संविधानको मस्यौदामा धेरै पक्षको असन्तुष्टि आइरहेको छ,’ राष्ट्रपति डा। यादवले नेपाल वातावरण पत्रकार समाजसम्बद्ध पत्रकारहरूसँग आइतबार भएको भेटमा भने, ‘यो परिमार्जन आवश्यक छ भन्ने आवाज उठिरहेको छ ।’ राष्ट्रपतिले शीर्ष नेतालाई शीतलनिवास बोलाएर १६ बुँदे सहमतिले विधि र प्रक्रिया उल्लंघन गरेको भन्दै असन्तुष्टि व्यक्त गर्दै आएका थिए । राष्ट्रपति डा। यादवले संविधान निर्माणका क्रममा अन्तर्राष्ट्रिय मान्यता र जनताको स्वामित्व लिनुपर्ने दोहोर्‍याएका थिए । ‘विधि र प्रक्रिया, अन्तर्राष्ट्रिय मान्यता, जनताको ओनर्सिप लिने काम होस् भन्दै आएको छु, अहिले पनि म त्यही भन्न चाहन्छु,’ राष्ट्रपतिले भने, ‘यस्तो संविधान आओस् कि त्यसले संघीयता, लोकतन्त्र, समावेशीकरणलाई सम्बोधन गरोस् । राष्ट्रलाई डाइरेक्सन दिने संविधान बनोस् ।’
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै