नेभिगेशन
अन्य

अमरेशलाई कारबाही गर्न सुशीलको प्रस्ताव

काठमाडौं । नेपाली कांग्रेसका सभापति एंव प्रधानमन्त्री सुशील कोइरालाले केन्द्रीय समितिको बैठकमा पार्टीका सभासद् अमरेशकुमार सिंहलाई कारबाही गर्ने प्रस्ताव गरेका छन् । प्रधानमन्त्री निवास वालुवाटारमा बसेको संसदीय दल र कार्यसमितिको संयुक्त बैठकमा केन्द्रीय समितिको बैठकमा कोइरालाले अमरेशलाई कारबाही गर्ने प्रस्ताव गरेका हुन् । केन्द्रीय समितिको बैठकमा सभापति कोइरालाले भने–‘अमरेशको गतिविधि पार्टी नीति विपरित भइरहेको छ, कारबाही गर्नु प¥यो ।’ केन्द्रिय सदस्यहरुले पार्टीको अनुशासन समिति वा संसदीय दलबाट उनलाई प्रष्टिकरण सोधेर कारबाही अगाडि बढाउनु पर्ने बताएका थिए । विवादस्पद छविका सभासद अमरेशकुमार सिंह असन्तुष्ट मधेसी दलका केही सभासद बटुलेर १६ बुँदे सहमतिको विरोधमा लागेका थिए । आफुलाई खुल्लेआम भारतको एजेण्ट भन्दै हिड्ने सभासद् सिंह नेपाली कांग्रेसको आर्दश सिद्धान्त र निर्णयलाई सधै उल्लधन गर्दै हिड्ने गरेका थिए । उनि अहिले नेपाली कांग्रेसका मधेशबाट प्रतिनीधित्व गर्ने सभासदहरु नपत्याएपछि मधेशी दलका सभासद् बटुलेर नेता बन्ने अभियानमा लागे थिए । सिंहले नेपाली कांग्रेसको नीति भन्दा विपरित गएर संविधानसभाको जनमत संकलन कार्य समेत बहिष्कार गरेका थिए । सिंहको बिरोधमा केहि सभासदहरुले संसद बैठकमा समेत अमरेशले मुलुक टुक्राउने भन्दै बोलेको भन्दै आपत्ती जनाएका थिए । अमरेशका संग्निग्ध गतिविधी प्रति आपत्ती जनाउदै पटक पटकको केन्द्रीय समिति तथा संसदीय दलको बैठकमा समेत आपत्ती जनाएका कारवाहीको माग गरेको थिए । शनिवारको बैठकमा समेत सभासदहरु रामहरी खतिवडा, बद्री पाण्डे केशबकुमार बुढाथोकी लगायतका सभासदहरुले अमरेशमाथि कारवाहीको माग गरेका थिए । पटक पटक विवादमा पर्ने गरेका सभासद सिंहलाई गिरिजाप्रसाद कोइरालाले समेत संसदीय दलको बैठकमा सार्वजानिक रुपमा गाली गरेको थिए । बैठकमा सहभागि एक केन्द्रीय सदस्यले अमरेशलाई प्रष्टिकरण सोधिने पक्का भएको बताए । उनले भने– ‘त्यो अनुशासन समितिले पनि सोध्न सक्छ, संसदीय दलले पनि सोध्न सक्छ, ।’ कोइरालाको अमरेश माथिको प्रस्तावमा सबै केन्द्रीय सदस्यले एकैमतले सहमति जनाएका थिए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै