नेभिगेशन
अन्य

सेनाको समन्वयमा राजमार्ग खुलाइँदै

काठमाडौँ । अरनिको राजमार्गअन्तर्गत सिन्धुपाल्चोक जिल्लाको तातोपानी–खाडीचौरका विभिन्न स्थानमा ठूला ठूला पहिरो आई अवरुद्ध करिब ३७ किमी सडकखण्ड खुलाउने कार्य आजदेखि सुरु गरिएको छ । नेपाल सरकारको निर्णयअनुसा सेनाको नेतृत्वमा चिनियाँ सशस्त्र प्रहरीका इन्जिनियरिङ टोली र नेपाल सरकारका अन्य सुरक्षा निकायसमेतको समन्वयमा राजमार्ग खुलाउन थालिएको हो । चिनियाँ सशस्त्र प्रहरी, नेपाली सेना तथा अन्य सुरक्षा निकायका संयुक्त टोली परिचालन भएका छन् । राजमार्ग खुलाउन चीनबाट १९ इन्जिनियरिङ र २० सपोर्टिङ इक्युप्मेन्ट प्रयोगमा छन् । नेपाली सेनाले उक्त कार्य अवधिभर समन्वयात्मक ढङ्गले सुरक्षा प्रदान गर्ने गरी करिब १५–२० दिनभित्र सम्पूर्ण पहिरो हटाई बाटो सञ्चालन गर्ने योजना रहेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ । नेपाल–चीनबीच सन् १९५५ अगस्ट १ मा स्थापित कूटनीतिक सम्बन्धको ६०औँ वार्षिकोत्सवका अवसरमा थालिएको सो कामले अरनिको राजमार्ग खुलाएर अवरुद्ध व्यापार र आवागमन सञ्चालन गर्नाका साथै दुई राष्ट्रबीच रहँदै आएको मित्रवत् सम्बन्ध अझ प्रगाढ बनाउन मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै