सिड्नी । नेपाली समुदायका सदस्यहरुको लगानीमा सिड्नीमा नयाँ कलेजको स्थापना भएको छ । लेभल–२, १६–२२ वेन्टवर्थ एभिन्यु सर्य हिलमा हालै संचालनमा आएको “सिड्नी मेट्रो कलेज”को नेपाली समुदायका जेष्ठ नागरिकहरुबाट औपचारिक रुपमा उद्धाटन गरियो ।
करिब ३३० विद्यार्थी क्षमता रहेको सो कलेजमा अहिले विजनेस विषयको सर्टिफिकेट, डिप्लोमा र एडभान्स डिप्लोमा तहसम्मको पढाई हुने सो कलेजका प्रिन्सिपल राम श्रेष्ठले बताए । बिजनेस विषयका लागि हाल एक सय ६४ विद्याथीर्को कोटा रहेको छ ।

कलेजमा चाँडैं सूचना प्रविधि र एकाउन्टिङका कक्षाहरु पनि सञ्चालन ल्याउने तयारी थालेको छ । यसको अलवा सो कलेजले एलिकोस (लेभल ३),आइइएलटिएस कोर्ष पनि संचालन गर्ने जनाएको छ ।
कलेजको बारेमा जानकारी दिन आयोजित पत्रकार भेटघाट कार्यक्रममा सो कलेजका डाइरेक्टर डा. कृष्ण श्रेष्ठले सिड्नी मेट्रो कलेजले नाफामुखी लक्ष्य मात्र नबोकी गुणस्तरीय शिक्षामा विशेष जोड दिदैं नेपाली समुदायलाई समेत हातेमालो गर्दै अगाडि बढ्ने बताए । उनले अगाडि भने– हामीले दुई–दुई महिनामा इनोभेटिभ फ्रन्ट्रियर्स सेमिनार सेरिज, वार्षिक रुपमा कम्युनिटी इङगेजमेन्ट फोरमका साथै रिसर्च पोलिसी सम्बन्धि इन्टरफेस कार्यक्रमहरु समेत संचालन गर्ने योजना बुनेका छौं ।

अस्ट्रेलियामा गुणस्तरीय शिक्षा सहुलियत शुल्कमा अध्यापन गराउने उद्धेश्य राखेर स्थापना भएको सो कलेजमा यहाँका विश्वविद्यालयमा अध्यापन तथा ब्यवस्थापन क्षेत्रमा ज्ञान, सीप र दक्षता हासिल गरेका अनुभवी पाँच जना नेपालीहरुको संलग्नता रहेको छ ।
सो कलेजको बोर्ड अफ डाइरेक्टरमा डा. कृष्ण श्रेष्ठ रहेका छन् भने डा. हेमन्त ओझाले शैक्षिक र अनुसन्धान विभाग प्रमुखको जिम्मेवारी बहन गर्नेछन् । डा. श्रेष्ठ र डा. ओझा युनिभर्सिटी अफ न्यु साउथ वेल्समा अध्यापन गराउँछ । यता लामो समयदेखि नेपकम सर्भिसेजबाट शैक्षिक तथा परामर्श सेवा दिदै आएका राम श्रेष्ठ कलेजका प्रिन्सिपलको रुपमा काम गर्नेछन् । कलेजको मार्केटिङ विभाग शान्तकुमार श्रेष्ठले लिएका छन् भने वित्तिय, पूर्वाधार र समुदायसँगको सम्बन्ध विस्तारको भूमिका शिव कुमार श्रेष्ठले लिने भएका छन् । यी पाँचै जना आ–आफ्नो विधामा निकै अनुभवी हस्ती मानिन्छन् ।

म्युजियम ट्रेन स्टेसनबाट ५ मिनेटको दुरीमा पुग्न सकिने सो कलेजको शैक्षिक वातावरण निकै रमणीय छ । सो कलेजले आफ्ना विद्याथका लागि पुस्तकालय, कम्प्युटर ल््याब, अंग्रेजी भाषा सहयोग कक्षा, अतिरिक्त क्रियाकलापहरु, जब सर्च र रेजुमी राइटिङ, छात्रवृत्ति र परामर्श सेवाहरु पनि उपलब्ध गराउने भएको छ ।
कलेजमा वर्षमा चार वटा टर्महरुका आधारमा कक्षाहरु सञ्चालन हुनेछन् । अन्र्तराष्ट्रिय र स्थानीय दुवै थरी विद्यार्थीहरुलाई लक्षित गरेर पाठ्क्रम तयार गरिएको शैक्षिक र अनुसन्धान विभाग प्रमुख डा.हेमन्त ओझाले नेपाल न्युज अस्ट्रेलियालाई बताए ।