नेभिगेशन
अन्य

चार दल कस्सिए मस्यौदा परिमार्जन गर्न

काठमाडौं । जनताका सुझावका आधारमा संविधानको मस्यौदा परिमार्जन गर्न प्रमुख चार दल कस्सिएका छन् । कांग्रेस, एमाले, एमाओवादी र मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका शीर्ष नेताहरूको बैठकले सुझाव संकलनका क्रममा उठेका मुद्दाको प्राथमिकता निर्धारण गर्न प्रमुख सचेतकलाई जिम्मा दिएका छन् । त्यसपछि शीर्ष नेताहरूले जनताका कुन–कुन सुझाव कसरी सम्बोधन गर्ने निधो गर्नेछन् । जनतासँग सुझाव संकलनका क्रममा महत्त्वपूर्ण सुझाव आएपछि दलहरू त्यसलाई सम्बोधन गर्न संवेदनशील बनेका हुन् । संविधानको मस्यौदामा कतिपय छुटेका विषय समेट्न, अधुरा विषय पूरा गर्न र भएका त्रुटि सच्याउन संविधान निर्माणका सम्बन्धमा जेठ २५ गते १६ बुँदे सहमतिका हस्ताक्षरकर्ता दलले आन्तरिक गृहकार्य गरिरहेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार साँझ चार दलका अध्यक्षहरूको मात्रै बैठक बसेको थियो । बैठकमा प्रधानमन्त्री तथा कांग्रेस सभापति सुशील कोइराला, एमाले अध्यक्ष केपी शर्मा ओली, एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल र मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार मात्र सहभागी थिए । त्यसैको निरन्तरता स्वरूप आइतबार बिहान संविधान निर्माण प्रक्रियामा संलग्न दोस्रो तहका नेतासहित बसेको बैठकले चारै दलका प्रमुख सचेतकलाई प्राथमिकता निर्धारण गर्ने जिम्मा दिएको हो ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै