नेभिगेशन
अन्य

मस्यौदामा पचहत्तरै जिल्लाका सुझावको एकिकृत प्रतिवेदन बनाइने

काठमाडौँ । जनमत सङ्कलन तथा संविधान सुझाव समितिमा ७५ वटै जिल्लाबाट प्रतिवेदन प्राप्त भएको छ । ‘नेपालको संविधान, २०७२ प्रारम्भिक मस्यौदा’माथि सुझाव सङ्कलनका लागि २४० वटै निर्वाचन क्षेत्रमा पुगेका सभासद्ले आज साँझसम्म प्रतिवेदन बुझाएको सभापति प्रमिला राणाले जानकारी दिइन् । उनका आज समिति मातहतको उपसमितिको बैठक बसेर प्रतिवेदनलाई एकीकृत बनाइने र संविधानसभामा पेस गरिने उल्लेख गर्दै जनताले उत्साहपूर्ण तवरले दिनुभएको सुझावलाई ग्रहण गरिने बताइन । शुक्रबार साँझसम्म कुल ३७ जिल्लाको सुझाव प्रातिवेदन प्राप्त भएकोमा शनिवार साँझसम्म सबै जिल्लाको प्रतिवेदन प्राप्त भएको र प्राप्त भएका प्रतिवेदनलाई एकीकृत गर्ने काम समेत अन्तिम चरणमा पुगेको छ । प्रतिवेदनलाई एकीकृत रुपमा अध्ययन गरेर सहमति, असहमति र फरक मतलाई बेग्लाबेग्लै रुपमा समेट्ने काम सचिवालयले गरिरहेको संविधानसभा सचिवालयका प्रवक्ता डा भरतराज गौतमले जानकारी दिए । समितिले यसअघि यही साउन ६ गतेसम्म सबै जिल्लाको सुझाव बुझाउने कार्यतालिका बनाएको भएपनि जिल्लाबाट सुझाव प्रतिवेदन आउन ढिला भएको र आएका प्रतिवेदनलाई फरफारक गर्न समय लागेको सचिवालयले जनाएको छ । प्रतिवेदनलाई एकीकृत बनाएर संविधानसभामा पेस गर्ने र संविधानसभाले संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिमा पठाउने कार्यसूची यस अघि नै तय भइसकेको छ । संवाद समितिले आफ्नो जिम्मेवारी पूरा गरेपछि संविधानसभामा पठाउने र संविधानसभाले सहमति भएका विषयलाई मस्यौदा गर्न मस्यौदा समितिमा पठाउनेछ । मस्यौदा समितिले तयार पारेको मस्यौदालाई विधेयकको रुपमा संविधानसभामा पठाउने र त्यसमाथि पनि सभासद्ले संशोधन राख्न सक्ने प्रावधान छ । एकीकृत विधेयकको बुँदागत छलफल भएपछि मात्रै अन्तिम रुप दिनेछ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै