नेभिगेशन
अन्य

संविधानमा धार्मिक स्वतन्त्रता राख्न मुख्य दलका नेताहरु सकारात्मक

काठमाडौं । ‘नेपालको संविधान, २०७२ प्रारम्भिक मस्यौदामा रहेको धर्म निरपेक्षता शब्दको सट्टा जनताको सुझावअनुसारको धार्मिक स्वतन्त्रता राख्नुपर्नेमा विभिन्न दलका नेताले सुझाएका छन् । रिपोर्टर्स क्लबले आज यहाँ आयोजना गरेको साक्षात्कारमा नेपाली जनताले दिएको सुझावलाई प्रथामिकता दिनुपर्नेमा उनीहरुले जोड दिँदै जनताको मतअनुसारको धर्म निरपेक्षताको स्थानमा धार्मिक स्वतन्त्रता राख्नुपर्ने बताएका हुन् । नेकपा ९एमाले०का उपाध्यक्ष भीमबहादुर रावलले संविधानमा धर्म निरपेक्षताको स्थानमा धार्मिक स्वतन्त्रता राख्न अन्य दल तयार भए एमाले तयार रहेको बताए । उनले सोह्रबुँदे सम्झौता गर्ने दलहरुले अहिले आएर सीमाङ्कन चाहियो भन्नु संविधान नल्याउने योजना भएको विचार व्यक्त गर्दै तत्कालै सीमाङ्कनसम्बन्धी विवाद टुङ्गिएर संविधान जारी गर्ने अवस्था नभएको स्पष्ट पारे । मालेका महासचिव सिपी मैनालीले मुलुकमा धार्मिक स्वतन्त्रता कायम हुनुपर्नेमा जोड दिँदै विवाह गरेर नेपाल आएका विदेशी महिला र पुरुषलाई तत्काल नागरिकता दिनुको अर्थ विदेशीलाई यो मुलुकको राष्ट्रपति प्रधानमन्त्री बनाउने षडयन्त्र भएको हुँदा चनाखो हुनुपर्ने बताए । नेपाली काँग्रेसका नेता अर्जुननरसिंह केसीले सुझाव सङ्कलनका क्रममा अधिकांश जनताले चाहना गरेको हिन्दू राष्ट्रलाई सम्मान गर्दै धार्मिक स्वतन्त्रता कायम गर्नुपर्नेमा जोड दिए । उनले मौलिक हकलाई कानुन बनाएर नियन्त्रण गर्न सकिन्छ भन्ने प्रावधान आपत्तिजनक भएको भन्दै प्रेसको हकलाई कुनै पनि अवस्थामा नियन्त्रण गर्न सकिने प्रावधान हटाउन माग गरे । एमाओवादीका नेता टोपबहादुर रायमाझीले जनताको सुझाव उनीहरुलाई नै अपमान गर्न नलिएकाले त्यसअनुसार मस्यौदालाई परिमार्जन गर्नुपर्ने धारणा राख्दै प्रमुख रुपमा आएका सुझावअनुसार केही विषय समेटिनु पर्ने बताए । मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका नेता जितेन्द्र देवले जनताले धार्मिक स्वतन्त्रताको पक्षमा सुझाव दिएकाले नयाँ संविधानमा धर्म निरपेक्षतालाई हटाएर ‘धार्मिक स्वतन्त्रता’ र ‘धर्म परिवर्तन गर्न पाइने छैन’ भन्ने शब्दावली राख्नुपर्ने बताए । उनले नेताभन्दा अघि बढेर जनताले सुझाव दिएकाले उनीहरुले दिएको मुख्यमुख्य विषयलाई संविधानमा समेट्नुपर्ने आफ्नो पार्टीको धारणा रहेको स्पष्ट पारे ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै