नेभिगेशन
अन्य

गृह मन्त्रालयको नयाँ भवनको शिलान्यास

काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमले गृह मन्त्रालयको नयाँ भवनको आज शिलान्यास गरे । सिंहदरबारभित्र रहेको अहिलेको गृह मन्त्रालयको नजिकै निर्माण गर्न लागिएको सो भवनको शिलान्यास गरेका हुन् । नौ सय मिटर स्क्वायर क्षेत्रफलमा निर्माण गर्न लागिएको सो भवनका लागि करिब रु २० करोड लाग्ने अनुमान गरिएको छ । तीन वर्षभित्रमा पाँचतले भूकम्प प्रतिरोधात्मक अत्याधुनिक भवन निर्माण गरिसक्ने लक्ष्य रहेको सिंहदरबार सचिवालय पुनः निर्माण समितिका इन्जिनियर सरोज कायस्थले जानकारी दिए । नयाँ भवन निर्माण गरिसकेपछि पुरानो सानो भवनलाई भत्काएर सोही ठाउँमा फेरि अर्को अत्याधुनिक भवन निर्माण गरिने इन्जिनियर कायस्थको भनाइ छ । गृह मन्त्रालयका सहसचिव विनोद केसीले गृह मन्त्रालयको नयाँ भवन बनाउने योजना विगत तीन वर्षदेखिको हो भने । सिंहदरबारभित्र राष्ट्रिय सतर्कता केन्द्र र परिचयपत्र व्यवस्थापन केन्द्रको समेत भवन निर्माण गर्ने तयारी भइरहेको इन्जिनियर कायस्थले बताए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

राजधानीमा भएको कार्यक्रममा सगरमाथा आरोही लाक्पा दोर्जीशेर्पालाई सम्मान गरिएको थियो । शेर्पालाई कार्यक्रममा आयोजक संघका अध्यक्ष निरोज मास्के, नेपाल प्रज्ञा–प्रतिष्ठानकापूर्व कुलपति गंगाप्रसाद उप्रेती, संघका संरक्षक, परराष्ट्रविद एवं क्यानडाका ...