नेभिगेशन
अन्य

ट्याक्टरलाई बसले ठक्कर दिँदा दुईको मृत्यु

रौतहट । रौतहटको लमहा जंगलमा ट्याक्टरलाई बसले ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्। बाराको निजगढबाट चनद्रनिगाहपुर आउँदै गरेको ना२त ३०५६ नम्बर ट्याक्टरलाई काठमाडौंबाट जनकपुर जाँदै गरेको ना४ख ६२२९ नम्बरको बसले पछाडिबाट ठोक्किर दिएको थियो। ठक्करबाट बारा निजगढ- ७ का ५५ वर्षीय सोमबहादुर माझी र २५ वर्षीय टेकबहादुरको मृत्यु भएको हो। ट्याक्टरमा सवार बिनोद माझी, धनबहादुर माझी र बसमा सवार सिन्धुलीका दीपक भण्डारी र गंगाबहादुर कार्की घाइते भएका छन्। उनीहरुलाई उपचार लागि वीरगञ्ज लगिएको इलाका प्रहरी कर्यालय चन्द्रनिगाहपुरका डीएसपी नेत्रमणि गिरीले बताएका छन्।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

राजधानीमा भएको कार्यक्रममा सगरमाथा आरोही लाक्पा दोर्जीशेर्पालाई सम्मान गरिएको थियो । शेर्पालाई कार्यक्रममा आयोजक संघका अध्यक्ष निरोज मास्के, नेपाल प्रज्ञा–प्रतिष्ठानकापूर्व कुलपति गंगाप्रसाद उप्रेती, संघका संरक्षक, परराष्ट्रविद एवं क्यानडाका ...