नेभिगेशन
अन्य

पुनर्निर्माणका लागि चीनद्वारा तत्काल १ अर्ब

काठमाडौं । भूकम्पपछिको पुनर्निर्माण अन्तर्गत विभिन्न पाँच उच्च प्राथमिकता रहेका क्षेत्रमा तत्काल काम अघि बढाउन नेपाल र चीन सहमत भएका छन्। दुई देशका अधिकारीबीच बिहीबार हस्ताक्षर भएको छ । तत्काल गर्नपर्ने र प्राथमिकताअनुसार गर्दै जाने सहयोगबारे दुई देश बीच समझादारी भएको हो । चीन र नेपालबीच विभिन्न नयाँ र भुकम्प अघि नै प्रतिवद्ध व्यक्त भएका परियोजना अघि बढाउने समझदारी पत्रमा हस्ताक्षर भएको छ । चीनले पुनर्निर्माणको सहयोग परियोजना कार्यान्वयन गर्न तत्काल १ अर्व १ करोड ८८ लाख अर्थात १० मिलियन अमेरिकी डलर सहयोग गर्ने भएको छ । सहयोगसम्बन्धी सम्झौतामा दुवै देशका अधिकारीले हस्तक्षर गरेका छन् । एकरडेढ साताभित्रै प्राप्त हुने उक्त सहयोग रकम चीनको सहमतीमा नेपाल सरकारले आफ्नो प्राथमिकताअनुसार तत्काल खर्च गर्न पाउनेछ । असार १० मा सम्पन्न ‘नेपालको पुनःनिर्माणका लागि अन्तर्राष्ट्रिय सम्मेलन’मा चीनले अघिल्लो घोषणा सहित ७७ अर्ब रुपैयाँ अनुदान उपलब्ध गराउने प्रतिवद्धता अनुरुप नै त्यो सहयोग सम्झौता भएको हो । अनुदान सहायता परियोजना आगामी तीनदेखि पाँच बर्षसम्म संचालन हुनेछ । नेपाल भ्रमणमा रहेका चिनियाँ वाणिज्य उपमन्त्री चाङ स्योङछेनले सम्झौतापछि दूतावासमा आयोजित पत्रकार सम्मेलनमा भने,‘तत्काल उद्धार र राहत पछि अहिले चीनको प्रमुख प्राथमिकता नेपाल–चीन जोड्ने दुई प्रमुख नाका खुलाउने नै हो । अरनिको र स्याप्रुवेसी(रसुवागढी राजमार्ग सुचारु गर्न चीनले तत्काल काम थाल्नेछ । यससंगै सिन्धुपाल्चोक र रसुवामा भूकम्पबाट घरबारविहीन भएकाहरूका लागि स्थायी बसोबासका लागि समेत चीन सघाउन तयार छ ।’ उनले नेपालको पुनर्निर्माणमा जिम्मेवारी पाउनासाथ काम थालिहाल्न सक्ने अवस्थामा चीन रहेको बताए । भूकम्पका कारण पहिरो गएपछि बन्द भएको अरनिको राजमार्ग, त्यसैबाट प्रभावित सिन्धुपाल्चोकको लार्चामा निर्माणाधीन सुक्खा बन्दरगाह, रसुवागढीस्थित भन्सार कार्यालय पुनः सञ्चालनमा ल्याउन चीनले शीघ्र काम थाल्ने भएको जानकारी अर्थमन्त्रालयका बैदेशिक समन्वय महाशाखा प्रमुख मधु मरासिनीले दिए।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै