नेभिगेशन
अन्य

संविधान निर्माणमा जनताको अभिमत सर्वोपरि हुनुपर्छ :पूर्वराजा शाह

काठमाडौँ। विश्व हिन्दू युवा महासङ्घले राष्ट्र कल्याणको कामना गर्दै मखनस्थित पशुपतिनाथको मन्दिरमा आज क्षमा पूजा गरेको छ । उक्त कार्यक्रममा भूकम्प तथा त्यसपछिका परकम्पका कारण अकालमा मृत्युवरण गरेका व्यक्तिको आत्माको चिर शान्तिको कामनासमेत गरिएको थियो । सो पूजाको प्रमुख कर्ताका रुपमा पूर्वराजा ज्ञानेन्द्र शाहले हवन तथा यज्ञ गर्नुभएको थियो । पूजा सकिएलगत्तै पूर्वराजा शाहले संविधानको प्रारम्भिक मस्यौदा जनतासमक्ष पेस भई सुझाव सङ्कलन भएको अवस्थामा जनताको विचारलाई समेटनुपर्ने बताए । उनले संविधान सबैको साझा हुनुपर्नेमा जोड दिँदै कसैलाई काखा र कसैलाई पाखा पार्ने गरी जनताको भावनालाई उपेक्षा नगर्न राजनीतिक दल तथा नेतालाई आग्रह गरे । पूर्वराजा शाहले हनुमानढोका, काष्ठमण्डप, मरु गणेस्थान र त्यस आसपास क्षेत्रको निरीक्षण गरे । महासङ्घका प्रतिनिधि लक्ष्मी अधिकारीले भूकम्पका कारण समाजमा उत्पन्न भएको भय, त्रासलाई न्यूनीकरण गरी देशमा अनिष्ट नहोस् भनी कामना गर्दै पूजा आयोजना गरिएको जानकारी दिए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

राजधानीमा भएको कार्यक्रममा सगरमाथा आरोही लाक्पा दोर्जीशेर्पालाई सम्मान गरिएको थियो । शेर्पालाई कार्यक्रममा आयोजक संघका अध्यक्ष निरोज मास्के, नेपाल प्रज्ञा–प्रतिष्ठानकापूर्व कुलपति गंगाप्रसाद उप्रेती, संघका संरक्षक, परराष्ट्रविद एवं क्यानडाका ...