नेभिगेशन
अन्य

पार्टी फुटाउने, मिलाउने र सुशीललाई प्रधानमन्त्री बनाउने मै हो: देउवा

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले पार्टीमा एकता कायम गर्न आफू सक्रिय हुने बताएका छन् । प्रेस युनियनले वीपी स्मृति दिवसका अवसरमा आयोजना गरेको कार्यक्रममा बोल्दै देउवाले पार्टीभित्र विद्यमान ६०–४० को भागबण्डा अन्त्य गर्ने बताए । विगतमा विविध कारणले आफैले नेपाली कांग्रेस फुटाएको र गिरिजाबाबुसंग सहकार्य गरेर आफैले पार्टी एक गराएको भन्दै देवाले फेरिपनि पार्टीलाई एकताबद्ध बनाउन आफू अग्रसर हुने बताए ।‘हिजो विविध कारणले मैले पार्टी फुटाए । गिरिजाबाबु आज हुनुहुन्न उहासंग मिलेर पार्टी एक बनाएको पनि मैले नै हो । अहिले भएको भागबण्डाको राजनीति पनि मै हटाउँछु ।’, देउवाले भने । घुमाउरो पारामा १३ औं महाधिवेशनमा आफू सभापतिमा लड्ने जनाउ दिदैं देउवाले आफ्ना कारणले मात्रै सुशील कोइराला प्रधानमन्त्री बनेको दावीसमेत गरे । ‘पार्टी एक भएकैले ठूलो भयो र ठूलो पार्टीको नेता भएकाले सुशीलजी प्रधानमन्त्री बन्नुभयो । म नभएको भए उहाँ प्रधानमन्त्री बन्नुहुन्थ्यो ?’, देउवाले प्रश्न गरे । नयाँ संविधानका धेरै विषयमा सम्झौता गर्न तयार रहेपनि लोकतन्त्रका आधारभूत मान्यताहरुमा सम्झौता नगर्ने उनले बताए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै