नेभिगेशन
अन्य

जनमत संकलनका लागि प्रधानमन्त्री कोइराला दाङमा साउन

काठमाडौं । प्रधानमन्त्री सुशील कोइराला जनमत संकलनका लागि आज दाङ पुगेका छन् । जनमत संकलनका लागि गृहजिल्ला बाँके पुगेका प्रधानमन्त्री कोइराला आज जनमत संकलन कार्यक्रममा सहभागी हुनका लागि दाङ पुगेका हुन् । दाङको जनमत संकलनमा सहभागि हुन पुगेको प्रधानमन्त्री कोइरालाले अहिलेसम्म भएका आन्दोलनका उपलब्धी संस्थागत गर्दै लोकतान्त्रिक संविधान नै बन्ने उनले ठोकुवा गरे । उनले भने–‘अहिले संविधान निर्माणका लागि सुन्दर मौका छ, राम्रो कामका लागि सबै एक जुट हुनुपर्छ ।’ प्रधानमन्त्री कोइरालाले आफूले वैद्य माओवादी र मधेशी दलका असन्तुष्ट नेताहरुलेसँग पनि कुरा गरिरहेको बताउदै अहिलेको समय विरोध र हडताल गर्ने समय नभएको स्पष्ट पारे । जनताले शान्ति र अमन चयन खोजेकाले अहिले आन्दोलन तथा ढुङ्गामुढा गर्ने समय नभएको प्रधानमन्त्रीको भनाई थियो । ‘सबै दलहरु लोकतन्त्रको छातामुनी छौं,’ प्रधानमन्त्रीले भने– ‘अब पनि आन्दोलन भए उपलब्धी गुम्ने खतरा रहन्छ ।’ ढुङ्गामुढा गरेर जनतालाई न धम्काउन आग्रह गर्दै उनले जनताले त्यो नचाहेको दोहो¥याए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै