नेभिगेशन
अन्य

गणेश थापामाथि हेटौंडामा खुकुरी प्रहार, कमल थापाका छोरा अभिषेक पनि घाइते

काठमाडौं । राप्रपा नेपालका सभासद एंव अध्यक्ष कमल थापका भाई गणेश थापामाथि संविधानको मस्यौदा सुझावका क्रममा हेटौडामा खुकुरी प्रहार भएको छ । सुझाव संकलनका क्रममा विरोध गर्न त्यहाँ पुग्दा आफूमाथि युवाहरुको एक समूहले खुकरी र रड प्रहार गरेको थापाले जानकारी दिए । थापाको टाउकोमा चोट लागेको छ । सुझाव संकलनका क्रममा हिन्दु राष्ट्रको पक्षमा बोल्न लाग्दा उनीमाथि आक्रमण भएको राप्रपा नेपालले जनाएको छ । हिन्दु राष्ट्र कायम गर्ने सवालमा आफूले जस्तोसुकै परिणाम भोग्न तयार रहेको थापाले बताए । थापाको अहिले हेटौंडा अस्पतालमा उपचार भइरहेको छ । आफूमाथि नियोजित रुपमा नै आक्रमण भएको थापाले बताए । झडपमा कमल थापाका छोरा अभिषेक थापा पनि घाइते भएका छन् । कांग्रेस, एमाले र एकीकृत माओवादीका कार्यकर्ताहरुले आफूलाई आक्रमण गरेको अभिषेकले बताएका छन् । मकवानपुर प्रहरीले भने थापामाथि खुकरी प्रहार भएको बारे थाहा नभएको बताएको छ । मकवानपुर एसपी प्रकाशजंग कार्कीले सुझाव संकलनका क्रममा कमल थापा र गणेश थापा लगायतका आएर अवरोध गरेका कारण झडप भएको बताए । अन्य दलका कार्यकर्ता र राप्रपा नेपालका कार्यकर्ताबीच झडप भएको प्रहरीले जनाएको छ । हिजो मकवानपुरकै हटियामा भएको सुझाव संकलन कार्यक्रममा झडप हुदाँ अध्यक्ष कमल थापाकी पत्नी प्रलिता घाइते भएकी थिइन् । अखिल नेपाल फुटवल संघका अध्यक्ष समेत रहेका थापा कमल थापाका भाइ हुन् ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै