नेभिगेशन
अन्य

प्रचण्ड सुझाव संकलन कार्यक्रममा ढुंगामुढा

काठमाडौं । संविधानको नयाँ मस्यौदामा जनमत संकलन गर्न आफ्नो निर्वाचन क्षेत्र सिरहा पुगेका एमाओवादी अध्यक्ष प्रचण्डको कार्यक्रममा ढुंगामुढा भएको छ । भारतको साताब्यापी भ्रमण सकेर सोमबार काठमाडौं आए लगतै एमाओवादी अध्यक्ष प्रचण्ड आफ्नो चुनाव क्षेत्र सिराहा ५ पुगेका थिए । उनी हेलिकोप्टरबाट सिराहा पुगेका थिए । सुझाव संकलन गर्न प्रचण्ड आउने थाहा पाएपछि संघीय समाजवादी फोरमले सभासद वीरेन्द्र महतोको संयोजकत्वमा कमिटी नै गठन गरेको थियो । प्रचण्ड मिर्चैयास्थित मोहन उच्च माविको मञ्चमा पुगे लगतै बाहिर रहेका प्रदर्शनकारीले कालोझण्डा देखाउनुका साथै कार्यक्रम स्थलमा ढुंगामुढा गरे । आन्दोलनकारीले कार्यक्रम नै विथोल्न खोजेपछि प्रहरीले हस्तक्षेप गरेको थियो । झडपका क्रमममा डीएपपी माधव बुढाथोकीसहित सात प्रहरी पनि घाइते भएका छन् ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

राजधानीमा भएको कार्यक्रममा सगरमाथा आरोही लाक्पा दोर्जीशेर्पालाई सम्मान गरिएको थियो । शेर्पालाई कार्यक्रममा आयोजक संघका अध्यक्ष निरोज मास्के, नेपाल प्रज्ञा–प्रतिष्ठानकापूर्व कुलपति गंगाप्रसाद उप्रेती, संघका संरक्षक, परराष्ट्रविद एवं क्यानडाका ...