नेभिगेशन
अन्य

अर्थमन्त्री महत चढेको गाडीमा पेट्रोल बम प्रहार

नुवाकोट । संविधानको प्रारम्भिक मस्यौदामा जनताको राय सुझाव लिन आफ्नो निर्वाचन क्षेत्र नुवाकोट क्षेत्र नम्बर २ पुगेका अर्थमन्त्री डा।रामशरण महतमाथि आक्रमण प्रयास भएको छ । नुवाकोटको ढिकुरेमा महत चढेको गाडीलाई लक्षित गरी अज्ञात समूहले पेट्रोल बम प्रहार गरेको महतका प्रेस संयोजक गजेन्द्र बिष्टले पुष्टि गरेका छन् । नुवाकोटको खरानीटारमा आयोजित सुझाव संकलन कार्यक्रममा जाँदै गर्दा ढिकुरे पुगेपछि महतमाथि आक्रमण प्रयास भएको हो । आक्रमणकारीको पहिचान भएको छैन । उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ । मन्त्री महत कार्यक्रम स्थलमा पुगिसकेको र त्यहाँको स्थिति सामान्य रहेको महतका सहयोगी रमेश महतले बताए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै