नेभिगेशन
अन्य

रौतहटमा प्रहरीद्धारा हवाई फायर, माधव नेपालको गाडि तोडफोड

गौर । रौतहटको गौरमा संविधानको मस्यौदामाथि सुझाव संकलनका क्रममा भएको झडपलाई नियन्त्रणमा लिन प्रहरीले हवाइ फायर गरेको छ । भीड नियन्त्रणका लागि प्रहरीले ६ सेल अश्रुग्यास समेत प्रहार गरेको छ । प्रदर्शनकारीले माधव नेपाल चढ्ने गरेको बा १३ च १४९१ नम्बरको गाडी तथा अन्य आधा दर्जनभन्दा बढी गाडीमा तोडफोड गरेपछि प्रहरीले हवाइ फायर गरिएको हो । गौर नगरपालिकाको सभा हलमा भएको कार्यक्रममा आफूहरु पनि पस्न पाउनुपर्ने माग गर्दै स्थानीयबासी प्रदर्शन गरेपछि झडप भएको थियो । स्थानीयवासीको प्रदर्शनमा मधेसवादी दलका कार्यकर्ताहरु मिसिएपछि यसले हुलदंगाको रुप लिएको छ । सभाहलभित्र पसेपछि सदभावना नेता अनिल झाले बाहिर सर्वसाधारणलाई किन रोकेको भन्दै आपत्ति जनाएका थिए । त्यसपछि हलमा रहेका पूर्वसभासद् बबन सिंह समेत उत्तेजित बनेपछि तनाव सुरु भयो । प्रहरीले सिंहलाई बल प्रयोग गरी बाहिर निकालेको थियो ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै