नेभिगेशन
अन्य

रौतहटमा पुर्वप्रधानमन्त्री नेपालमाथि कुर्सी प्रहार, रंगशालामा राप्रपा नेपालको अवरोध

काठमाडौं । संविधानको पहिलो मस्यौदामा जनताको राय सुझाव संकलन कार्य आज देशैभर भइरहेको छ । हालसम्म सुझाव संकलन कार्यमा रौतहटमा एमाले नेता पुर्व प्रधानमन्त्री माधव नेपाल सहभागि कार्यक्रममा संघीय सदभवना पार्टीको अगुवाई बिरोध प्रर्दशन र पुर्व प्रधानमन्त्री नेपालमाथि कुर्सी प्रहार भएको छ । रौतहटमा सुरक्षाकर्मी र प्रर्दशनकारीका बीचमा झडप समेत भएको । यसैगरि काठमाडौं क्षेत्र नम्बर १ को दशरथ रंगशालामा भएको सुझाव संकलन कार्यमा समेत राप्रपा नेपालले अवरोध पु¥याउने प्रयास गरेको छ । तर रंगशालामा सुझाव संकलन कार्य भइरहेको छ । रंगशाला बाहिर राप्रपा नेपालका कार्यकर्ताहरुले नारावाजी गरिरहेका छन् । यसैबीच संविधानसभा निर्वाचन र सुझाव संकलन कार्य समेत बहिष्कार गरेको नेकपा–माओवादीका नेता कार्यकर्ताले किर्तीपुरमा सुझाव संकलन कार्यमा सहभागिता जनाएका छन् । यसैगरि ओखलढुंगामा पनि बैद्य माओवादी र संघीय फोरम नेपालका नेता कार्यकर्ताले सुझाव संकलन कार्यमा सहभागिता जनाएका छन् ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै