नेभिगेशन
अन्य

भारत भ्रमण सफल भयो, म उत्साहित छु : प्रचण्ड

काठमाडौं । भारतको पाँच दिने भ्रमण सकाएर सोमबार स्वदेश फर्किएका एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले आफ्नो भ्रमण सफल भएको बताएका छन् । उनले शान्ति, संविधान, सीमा विवादलगायत विषयमा आफूले स्पष्ट रुपमा भारतीय प्रधानमन्त्रीलगायत नेताहरुसँग कुरा राखेको बताए । ‘मैले यो भ्रमणमा केही महत्वपूर्ण कुराहरु बारे छलफल गर्ने र भारतीय पक्षलाई जानकारी गराउने मौका पाएँ,’ भारत भ्रमणबाट फर्किएलगत्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा सञ्चारकर्मीहरुसँग भ्रमणबारे जानकारी गराउँदै दाहालले भने, ‘निश्चिय नै मेरो यो भ्रमण सफल भएको छ, यसबाट म निकै उत्साहित भएको छु ।’ दाहालले आफ्नो भ्रमणका क्रममा सरकारी पदाधिकारी, विभिन्न दलका नेताहरुसँग कुराकानी गरेको जानकारी दिँदै कालापानीदेखि सुस्ता र लिपुलेकका विषयमा पनि भारतीय पक्षसँग छलफल गरेको बताए । ‘लिपुलेकबारे भारतका विदेश मन्त्री र विदेशसचिवसँग कुरा गर्दा दुवैले छलफल गरेर टुंग्याउने बचन दिएका छन्,’ दाहालले भने, ‘मोदीले नेपाल आउँदा दुई देशको सीमा समस्या सुल्झाउने कुरा राख्नु भएको थियो । उहाँलाई मैले योपटक उहाँको प्रतिवद्दता सम्झाउने काम पनि गरेको छु ।’ दाहालले द्वीपक्षीय हितका अलावा शान्ति र संविधानको विषयमा गम्भीर छलफल गर्दै विवेकले भ्याएसम्म जनताको कुरा राखेको जानकारी दिए । उनले जनयुद्दकालमा तत्कालीन राजाको आग्रहमा प्रतिबन्धित गरिएको अखिल भारत नेपाली संघको प्रतिबन्ध फकुवा गर्न भारतीय सरकारसँग् कुरा राखेको जानकारी पनि उक्त अवसरमा दिए । यसैबीच, दाहालले १४ वर्षअघि आएको भूकम्पले ध्वस्त बनाएको गुजरातको विकासबाट आफू प्रभावित भएको बताउँदै गुजराती जनताबाट आफ्नो भव्य स्वागत बताए । ‘गुजरातको भुललगायत ५ एकीकृत बस्तीको मैले अवलोकन गरेँ । पाँच दिने औपचारिक भ्रमणबाट स्वदेश फर्किएका प्रचण्डलाई स्वागत गर्न विमानस्थलमा एमाओवादीका नेता तथा कार्यकर्ता पुगेका थिए । कार्यकर्ताले प्रचण्डका स्वागता नारावाजी समेत गरेका थिए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै