नेभिगेशन
अन्य

पुर्व प्रधानमन्त्री माधव नेपालमाथि रौतहटमा कुर्सी प्रहार

काठमाडौं । संविधानको पहिलो मस्यौदामाथि जनताको राय सुझाव संकलनका लागि गृह जिल्ला रौतहट पुगेको एमाले बरिष्ठ नेता एंव पूर्वप्रधानमन्त्री माधवकुमार नेपालमाथि मधेशी दलका सर्मथकहरुले कुर्सी प्रहार गरेका छन् । नेता नेपालमाथि रौतहटको क्षेत्र नम्बर १ गौरस्थित नगरपालिकाको सभा हलमा मस्यौदामाथि छलफल भइरहेकै बेला संघीय सद्भाएवना पार्टीका समर्थकहरुले कुर्सी प्रहार गरेका हुन् । संविधानको पहिलो मस्यौदा मधेश बिरोधी भएको भन्दै केहि मधेशी दलहरुले राय सुझाव संकलन कार्यको विरोध गर्दै आएका छन् । राप्रपा नेपालले पनि मस्यौदामाथि राय सुझाव संकलन कार्यको बिरोध गर्दै आएको छ । मधेशी दलहरुले मस्यौदामाथि सुझाव संकलन कार्यलाई अवरोध गर्ने तयारी गरेपछि मधेशका जिल्लाहरुमा सुझाव संकलनका लागि सुरक्षा व्यावस्था कडा बनाइएको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै