नेभिगेशन
अन्य

शुन्य मतदान भएको थवाङमा, सुझाव संकलन हुन सकेन

रोल्पा, । संविधानको मस्यौदामाथी छलफल गर्न गाउँ–गाउँमा सुझाव पठाइएको भएपनि रोल्पाको थवाङमा छलफलै नभइ मस्यौदा फिर्ता भएको छ । दोस्रो संविधानसभाको निर्वाचनमा शुन्य मतदान गरेका थवाङबासीले संविधानको मस्यौदामा पनि सुझाव शुन्य गराएका छन् । सुझाव संकलनको लागि गएका गाविसका कर्मचारी रित्तो फर्केका छन् । शनिबार बिहान १० बजे देखि ५ बजे सम्म छलफल कार्यक्रमको आयोजना गरिएको भएपनि कोहि पनि नआए पछि मस्यौदा प्रहरीलाई बुझाएर फर्किएका छन् । चन्द नेतृत्वको माओवादी पकड रहेको थवाङमा नयाँ संविधानमा पनि कुनै सुझाव नदिने बताएका छन् । चुनावमा भोट पनि हालिएन सुझाव पनि दिदैनौ भन्दै कर्मचारीलाई रित्तो फर्काएका छन् । शसस्त्र युद्धको उद्गम थलो मानिएको थवाङ बिगत देखि सत्ता पक्षको विपक्षमा रहदै आएको छ । अब बन्ने नयाँ संबिधानमा पनि कुनै राय सुझाव नदिने वाचा गरेका छन् । त्यहि पुरानो संविधानलाई जस्ताको त्यस्तै ल्याउने खेल भइरहेको भन्दै नेकपा माओवादीले विरोध गर्दै आएको छ । नाम मात्र परिवर्तन गरि उही पुरानो संविधानलाई ब्यूताउने खेल भइरहेकोले त्यसमा सहभागी नहुने नेकपा माओवादीका जिल्ला सह(सेक्रेटरी प्रतापले बताए । मस्यौदा बोकी थवाङ पुगेका गाविस सचिव १ वटा पनि सुझाव नलिई सदरमुकाम फर्किएका छन् । बिनम्रता पूर्वक आग्रह गर्दा पनि उनीहरू सहभागी नभएपछि मस्यौदा प्रहरीलाई बुझाएर फर्किएको उनले बताएका छन् । मस्यौदा बोकी गाउँ–गाउँ गएका टोली माथी चन्द माओवादीले अबरोध गर्ने प्रयास गरिरहेको छ । शनिबार मात्र बुढागाउँमा मस्यौदा संकलन टोलीलाई कालो झण्डा देखाइदिएको छ । संविधान निर्माण प्रकृयामा असहमति जनाउदै आईरहेको माओवादीले शनिबार सुझाव संकलनका लागि भन्दै गाउँ गएका सुझाव संकलकलाई कालो झण्डा देखाएको हो । नेकपा माओवादी गाउँ कमिटी सेक्रेटरी जगजितको नेतृत्वमा रहेको टोलीले कोलो झण्डा देखाएको सुझाव संकलन गर्न खटिएका कर्मचारीले बताएका छन् । २०४७ सालकै संविधानलाई मजबुद बनाउने काम हुन थालेको भन्दै कालो झण्डा देखाएको उनीहरुले बताएका छन् । विगतामा भएका सहमति विपरित संविधान निर्माण हुन थालेको भन्दै नेकपा माओवादीले विरोध जनाउदै आएको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै