नेभिगेशन
अन्य

सुझाव संकलनका बैद्य माओवादी र समाजवादी फोरम पनि सहभागी

ओखलढुंगा । संविधानसभा बहिस्कार गरेको मोहन बैद्य नेतृत्वको नेकपा(माओवादी र सुझाव संकलन बहिस्कार गरेको संघीय समाजवादी फोरम नेपालले ओखलढुंगामा भने संविधानको प्रारम्भीक मस्यौदामाथिको छलफलमा भाग लिएका छन् । ओखलढुंगाका दुवै क्षेत्रबाट निर्वाचित सभासदद्धय रामहरी खतिवडा र यज्ञराज सुनुवारको नेतृत्वमा भएको सुझाव सकलनमा दलहरुबीचको छलफलमा मोहन वैद्य नेतृत्वको नेकपा माओवादीका नेता रुपक फुँयाल पर्वत र समाजवादी फोरमका पदम तामाङले आ आफ्नो दलको तर्फबाट सुझाव दिएका हुन् । संविधानसभाले साउन ४ र ५ गते सुझाव संकलनको समय तोके पनि ओखलढुंगामा साउन २ गतेदेखिनै बिभिन्न समुदायसँग सुझाव संकलन जारी रहेको क्षेत्र नम्बर २ का सभासद रामहरी खतिवडाले बताए । ‘स्थानीय जनताले उत्साहजनक रुपमा सहभागिता जनाएका छन्’ खतिवडाले भने–‘संविधान चाँडो आवस,सकेसम्म सिमांकन पनि टुंगियोस भन्ने सुझाव छ ।’ सुझाव संकलन बिभिन्न गाउँ र सदरमुकाममा समेत भएको छ । सुझाव संकलन गर्ने टोलीमा एमालेका यज्ञराज सुनुवार, हर्कबोल राई र शकुन्तला राजभण्डारी छन् भने कांग्रेसका रामहरी खतिवडा र एमाओवादीका राम कार्की सहभागी छन् । सबै कार्यक्रममा पाँचैजना सभासदले भाग लिइरहेका छन् । जनताले संविधान भन्दा पनि विकास निर्माणका कुरा बढि उठाएको सभासद खतिवडाले बताए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै