नेभिगेशन
अन्य

संविधानका मस्यौदा राष्ट्रव्यापी भइसकेकाले संविधान निर्माण भएरै छाड्ने : पूर्वप्रधानमन्त्री खनाल

सुरुङ्गा । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले संविधानका मस्यौदा राष्ट्रव्यापी भइसकेकाले अब कुनै पनि हालतमा संविधान निर्माण भएरै छाड्ने बताएका छन् । प्रेस चौतारी झापाले आज बिर्तामोडमा आयोजना गरेको पत्रकारसम्मेलनमा उनले सो कुरा बताएका थिए । संविधानलाई विफल बनाउन अझै पनि केही शक्ति लागिपरे पनि बाधा–अड्चन हटाएर भए पनि संविधान निर्माण भएरै छाड्ने उनको भनाइ थियो । ‘आठ वर्षदेखि सीमाङ्कनका विषयमा बहस भएपनि राजनीतिक दलले ठोस निचोड निकाल्न नसकेकाले अब प्राविधिक र प्राज्ञिक व्यक्तित्वसँग छलफल गरेर सीमाङ्कनको विषय टुङ्ग्याउँछौँ’, नेता खनालले भने । नेपाली जनता लोकतान्त्रिक संविधानको व्यग्र प्रतीक्षामा रहेकाले १६ बुँदे सहमतिभित्र रहेर धार्मिक स्वतन्त्रता तथा पूर्ण प्रेस स्वतन्त्रतासहितको संविधान निर्माण भएरै छाड्ने उहाँको भनाइ थियो ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

राजधानीमा भएको कार्यक्रममा सगरमाथा आरोही लाक्पा दोर्जीशेर्पालाई सम्मान गरिएको थियो । शेर्पालाई कार्यक्रममा आयोजक संघका अध्यक्ष निरोज मास्के, नेपाल प्रज्ञा–प्रतिष्ठानकापूर्व कुलपति गंगाप्रसाद उप्रेती, संघका संरक्षक, परराष्ट्रविद एवं क्यानडाका ...