नेभिगेशन
अन्य

काठमाडौंमा एक वर्षमा २२ को हत्या, ९१ को बलात्कार

काठमाडौं । एक वर्षको अवधिमा काठमाडौं जिल्लाभित्र २२ जनाको हत्या भएको छ । ९१ जनामाथि बलात्कार भएको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार नौजनाको अपहरण भएको छ । परिसरका अनुसार आर्थिक वर्ष ०७१र७२ मा काठमाडौंमा चार हजार ६ सयवटा अपराधका घटना भएका छन् । ती घटनामा पाँच हजार आठ सय ८८ जना पक्राउ परेका छन् । अघिल्लो आर्थिक वर्षमा पाँच हजार ६ सय दुईवटा मुद्दा दर्ता भएको थियो । आर्थिक वर्ष ०७१÷७२ मा सबैभन्दा धेरै पुसमा चार सय ७७ वटा मुद्दा काठमाडौं प्रहरीले दर्ता गरेको छ । वर्षभरि अनुसन्धान गरिएका मुद्दामध्ये तीन सय ८६ जना फरार रहेको काठमाडौं प्रहरी प्रमुख एसएसपी उत्तम कार्कीले बताए । कर्तव्य ज्यान, ठगी, मानव बेचबिखन, हातहतियार, लागुऔषधजस्ता मुद्दा घटेका छन् । ज्यान मार्ने उद्योग, बलात्कार, बैंकिङ कसुरजस्ता मुद्दाको संख्या पनि अघिल्लो आर्थिक वर्षको तुलनामा घटेको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै