नेभिगेशन
अन्य

शुक्रबार बिहानै ४ म्याग्निच्युडको धक्का

काठमाडौं । शुक्रबार बिहानै ४ म्याग्निच्युडको परकम्पको धक्काले राजधानीबासीलाई ब्युझाएको छ। गोरखाको बार्पाकलाई केन्द्रविन्दु बनाएर ४ रेक्टर स्केल म्याग्नेच्यूटको पराकम्प आएको हो । शुक्रबार बिहान ५ बजेर नौ मीनेट जाँदा ४ रेक्टरस्केल म्याग्नेच्यूटको पराकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । यो पाँच दिन पछि आएको पराकम्प हो । यसअघि असार २८ गते दोलखालाई केन्द्रविन्दु बनाएर ४.२ रेक्टरस्केल म्याग्नेच्यूट र दोलखालाई केन्द्रविन्दु बनाएर ४ रेक्टरस्केल म्याग्नेच्यूटको पराकम्प गएको थियो । गत वैशाख १२ गते गोरखाको बार्पाकलार्इ नै केन्द्र बनाएर गएको भूकम्पपछि अझैपनि त्यसका पराकम्पन गइरहेका छन् । अहिलेसम्म ४ रेक्टरस्केल म्याग्नेच्यूटभन्दा माथिका तीन सय ५० भन्दा बढी पराकम्पन गएको मापन केन्द्रले जनाएको छ । गोरखा केन्द्रविन्दू भएको सो परकम्पको धक्का गोरखा, नुवाकोट, धादिङ, काठमाडौं उपत्यका सहितका स्थानमा अनुभव गरिएको छ। वैशाख १२ गतेको गएको ७.८ म्याग्निच्युडको भूकम्पकै परकम्पको रुपमा यो गएको हो। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार असार २८ यता ४ म्याग्निच्युडको परकम्प गएको थिएन।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै