नेभिगेशन
अन्य

पिआर भएको प्रमाणीत गर्नेलाई सबै सम्पत्ति पुरस्कार दिने महतको घोषणा

काठमाडौं । अर्थ मन्त्री डा. रामशरण महतले पिआर आएको प्रमाणित गर्नेलाई आफूसँंग भएको सम्पूर्ण सम्पत्ति पुरस्कार दिने भएका छन् । उनले सामाजिक सञ्जाल ट्वीटमार्फत आफूसँंग पिआर आएको प्रमाणित गर्नेलाई यस्तो उपहार दिने बताएका हुन् । अर्थ मन्त्री डा।महतसँंग अमेरिकाको पिआर भएको विभिन्न सञ्चारमाध्यममार्फत सार्वजनिक हुँंदै आएको छ । उनले यस्ता चर्चालाई चुनौति दिंदै प्रमाणित गर्न भनेका हुन् । उनले ट्वीटरमा भनेका छन्, ‘मिडियालाई चरित्रहत्याको साधान नबनाइयोस । आरोप लगाउनेलाई चुनौति छ,कुनै आधार प्रमाण दिनुहोस– मेरो सम्पूर्ण सम्पत्ति तपाईँंलाई पुरस्कार ।’ अर्का मन्त्री डा. मिनेन्द्र रिजालले पनि आफूसँंग कुनै पिआर नभएको दावी गरेका छन् । यसैवीच प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले राजनीतिक नियुक्ती र उच्च संवैधानिक निकायका व्यक्तिले पनि डिभी,पिआर,ग्रिनकार्ड लिन नपाउने गरी कानुन निर्माण गर्न कानुन मन्त्रालयलाई निर्देशन दिएको छ । राज्यकोषबाट तलब खाने कुनै पनि व्यक्तिले पिआर र ग्रिनकार्ड आदि लिन नपाउने गरी कानुन बनाइने भएको छ । निजामति सेवा ऐनमा यस्तो व्यवस्था भए लगत्तै राजनीतिक र संवैधानिक अंगका पदाधिकारीहरुलाई पनि यस्ता प्रक्रियामा सामेल हुन नियन्त्रण गर्न लागिएको हो ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

राजधानीमा भएको कार्यक्रममा सगरमाथा आरोही लाक्पा दोर्जीशेर्पालाई सम्मान गरिएको थियो । शेर्पालाई कार्यक्रममा आयोजक संघका अध्यक्ष निरोज मास्के, नेपाल प्रज्ञा–प्रतिष्ठानकापूर्व कुलपति गंगाप्रसाद उप्रेती, संघका संरक्षक, परराष्ट्रविद एवं क्यानडाका ...