नेभिगेशन
अन्य

भुकम्पले भत्केका राजधानीका २१ स्थानमा सडक अवरुद्ध, २७ सडकमा अझै सवारी चलेन

काठमाडौ । विकाशकारी भूकम्पका कारण राजधानीका २७ वटा सडक अवरुद्ध भएका छन् । ढल, पीच, खानेपानीको पाइप विस्तारका क्रममा थप १४ वटा सडक सञ्चालन हुन नसक्दा राजधानीको सवारी आवतजावत जटिल बन्दै गएको छ । २७ वटा सडकमा घर भत्किएर आवतजावत गर्न नमिल्ने भएपछि सवारीसाधान सञ्चालनमा रोक लगाइएको छ भने १४ वटा सडकमा बाटो विस्तारको कामले गर्दा सवारीसाधन सञ्चालन हुन सकेका छैनन् । आर्थिक वर्षको अन्त्यमा बजेट सिध्याउनका लागि राजधानीका सडकहरुमा धमाधम पिच गर्ने, ढल हाल्ने र खानेपानीको पाइप विस्तार गर्ने क्रम चलिरहेको छ । भूकम्पले घरहरु चर्किएका कारण कालीमाटीको हानगोलाचोकदेखि पूर्वतर्फ जाने पूर्वतर्फ जाने, भगवानपाउको भिमेलोहबाट डल्लु पुल जाने, गोंगबुबाट बाँनियाटार जाने बाटोमा कुनै पनि सवारीसाधन चल्न सकेका छैनन् । भूकम्पका कारण चर्किएर घरहरुमा टेको लगाएर अड्याएर राखिएको छ । बसन्तपुर दरबार र आसपासका मन्दिरहरु भत्किएका कारण खुला रहेको स्थानमा पुरातात्विक सामानहरु राखिएको छ, जसले गर्दा सवारी साधन सञ्चालन हुन सकेको छैन ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै