नेभिगेशन
अन्य

संविधानको पहिलो मस्यौदामा तीन हजार पाँच सय बढी सुझाव प्राप्त

काठमाडौँ । जनताको सुझाव सङ्कलनका लागि स्थानीय तहमा पुगेको संविधानको पहिलो मस्यौदामा हालसम्म तीन हजार ५०० भन्दा बढी सुझाव प्राप्त भएको छ । नागरिक सम्बन्ध तथा संविधान सुझाव समितिले आज सिंहदरबारमा पत्रकार सम्मेलनको आयोजना गरेर टोल फ्री नम्बरबाट एक हजार ५० र वेभसाइटमार्फत एक हजार ५०० सुझाव प्राप्त भएको जानकारी दियो । यस्तै, इमेलबाट एक हजार ११० तथा फ्याक्सबाट २८ वटा र हुलाकमार्फत सचिवालयमा १६ वटा सुझाव प्राप्त भएका छन् । वेभसाइटबाट प्राप्त भएका सुझावमध्ये विदेशबाट प्राप्त ५४३ सुझाव रहेका छन् । प्राप्त भएका सुझावलाई प्रतिवेदनको ढाँचामा वर्गीकरण गर्ने कार्य आजैदेखि सुरु गरिएको जानकारी दिँदै समितिका सभापति प्रमिला राणाले शुक्रबारदेखि संविधानसभाका सदस्यहरू जनमत सङ्कलनका लागि प्रस्थान गर्ने बताइन् । संविधानसभा सदस्य सम्बन्धित क्षेत्रमा पुगेपछि संविधानको मस्यौदाको प्रचार प्रसार र सुझाव सङ्कलनको कार्यले थप उचाइ लिने विश्वास समितिले लिएको छ । आगामी साउन ४ र ५ गते सञ्चालन हुने सुझाव सङ्कलनमा जनताको व्यापक सहभागिता हुने भन्दै समितिले संविधान निर्माणको महत्वपूर्ण कार्यमा सहभागी हुन जनतामा आह्वानसमेत गरेको छ । समितिले नेपाल राजपत्रमा पाँच हजार, संविधानको मस्यौदा पुस्तकका रूपमा दुई लाख, मस्यौदाको विशेषता एक लाख र मस्यौदाको पूर्ण अंश गोरखापत्रमा दुई लाख ५० हजार छपाइ गरी कुनै न कुनै रूपमा स्थानीय तहसम्म पु¥याएको छ । यही असार २५ गतेदेखि संविधानसभा सचिवालयका १५० जना कर्मचारीले २४० वटै निर्वाचन क्षेत्रमा मस्यौदा वितरण र प्रचार प्रसारको काम गरिरहेका छन् । सुझाव सङ्कलनको कामलाई अनुगमन र समन्वय गर्न संविधानसभा सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईको नेतृत्वमा केन्द्रीय अनुगमन तथा समन्वय समिति गठन गरिएको छ भने सहसचिवहरूको नेतृत्वमा पाँच विकास क्षेत्र समेट्ने गरी अनुगमन टोली बनाइएको छ । समितिले संविधानको मस्यौदामा रचनात्मक सुझाव दिन पुनः नेपाली नागरिकमा आह्वानसमेत गरेको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै