नेभिगेशन
अन्य

सङ्घीयता बिनाको संविधानको कल्पना गर्न सकिदैन्ः प्रधानमन्त्री

जनकपुरधाम । प्रधानमन्त्री सुशील कोइरालाले सङ्घीयता बिनाको संविधानको कल्पना गर्न समेत नसकिने भन्दै संविधानमा सबैलाई समेटेर अगाडि बढने प्रयास भइरहेको बताएका छन् । जनकपुरको राम चोकमा नवनिर्मित राम टावरको आज उद्घाटन गर्दै प्रधानमन्त्री कोइरालाले सीमाङ्कनका बारेमा उठिरहेको विषयमा पनि व्यापक छलफल भइरहेको उल्लेख गरे । मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र र समावेशीता एउटा ठूलो परिवर्तनको उपलब्धि भएको चर्चा गर्दै उनले सबैले मिलेर यो परिवर्तनको रक्षा गर्नु आजको आवश्यकता हो भने । प्रधानमन्त्री कोइरालाले आउँदो संविधानमा कसैको हकअधिकार, वेषभूषा र सांस्कृतिक पहिचान नखोसिने प्रतिबद्धता व्यक्त गरे । उनले संविधानको विरोध गर्ने मधेसवादी मोर्चाका नेताहरुसँग पनि छलफल भइरहेको बताए । प्रधानमन्त्री कोइरालाले दश वर्षभित्र यो मुलुकको कायापलट गर्ने बताउँदै छिमेकी मुलुकलाई दोष दिनुभन्दा हामी एक भएर अगाडि बढ्नुपर्ने बताए । उनले भारत सरकारले नेपाललाई हुलाकी सडक बनाउन सहयोग गरेकाले यो काम चाँडै सुरु हुने बताए । उनले तराईको सामाजिक आर्थिक विकासमा सरकारले विशेष कार्यक्रम ल्याउने उल्लेख गरे । युवाहरु विदेश पलायन भइरहेकोप्रति चिन्ता व्यक्त गर्दै प्रधानमन्त्री कोइरालाले नेपालमा रोजगारीको पर्याप्त सम्भावना रहेको र युवाले विदेशमा पसिना बगाउनुको साटो नेपालमा बगाउँदा झनै उपलब्धिमूलक हुने धारणा राखे । राम युवा कमिटीका अध्यक्ष रामबाबु साहको अध्यक्षतामा भएको सो उद्घाटन समारोहमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा गोविन्द पोखरेलले जनकपुरलाई धार्मिक र पर्यटकीयस्थलको रुपमा विकास गर्न आयोग कटिबद्ध रहेको बताउ । सो टावर रु ५३ लाखको लागतमा निर्माण भएको अध्यक्ष साहले जानकारी दिए । यसैगरी प्रधानमन्त्री कोइरालाले जनकपुरको प्रसिद्ध जानकी मन्दिर र राम मन्दिरमा पूजापाठसमेत गरे ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै