नेभिगेशन
अन्य

सवा आठ खर्बको वजेट आउदै

काठमाडौं । सरकारले नयाँ आर्थिक वर्षका लागि वजेट आज सार्वजानिक गर्दैछ । बजेटको आकार ८ खर्ब २५ अर्बसम्मको हुने बताइएको छ । बजेटमा भूकम्पपछिको पुनर्निर्माण र सामाजिक सुरक्षाका कार्यक्रमलाई विशेष प्राथमिकता दिइएको छ। अर्थ मन्त्रालय स्रोतका अनुसार पुनर्निर्माणमा यो वर्ष ९० अर्ब रुपैयाँ विनियोजन गरिएको छ। भूकम्पपछिको पुनर्निर्माणमा करिब ७ खर्ब रुपैयाँ लाग्ने अनुमान राष्ट्रिय योजना आयोगले गरेको थियो। कर्मचारीको तलब वृद्धि हुने छैन। निर्वाचन क्षेत्र विकास कार्यक्रमको रकम बढाएर अधिकतम डेढ करोडसम्म पुग्ने स्रोतले उल्लेख गरेको छ । अर्थमन्त्री डा. रामशरण महतले ६ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्य बजेटमा राखेका छन्। वृद्धभत्ता दोब्बर बढाएर हजार रुपैयाँ पुग्ने भएको छ। दलित तथा पिछडिएका वर्गका बालबालिकालाई छात्रवृत्तिको कार्यक्रम ल्याइएको छ। स्थानीय निकाय निर्वाचनका लागि पनि बजेट विनियोजन गरिने भएको छ। करका दरमा खासै परिवर्तन हुने छैन तर दायरा बढाउने कार्यक्रम बजेटमा आउने छ। आय करको सीमा वृद्धि हुनेछ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै