नेभिगेशन
अन्य

एमाओवादी अध्यक्ष दाहाल आज दिल्ली जाँदै

काठमाडौं । संविधानबारे नागरिकसँग सुझाव लिन सभासद्हरू निर्वाचन क्षेत्रमा खटिइरहेका बेला एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल मंगलबार एक साताका लागि भारत भ्रमणमा निस्कदैछन् । भारतीय विदेश मन्त्रालयको निमन्त्रणामा हुन लागेको भ्रमणका बेला दाहालले राष्ट्रपति, प्रधानमन्त्री लगायत उच्च अधिकारीहरूसँग संविधानका विषयबारे पनि छलफल गर्ने कार्यक्र तय भइसकेको छ । अध्यक्ष दाहाल अपरान्ह सवा ४ बजे दिल्ली प्रस्थान गर्नेछन् । त्यहाँ उनले राष्ट्रपति प्रणव मुखर्जी, प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री राजनाथ सिंह, विदेशमन्त्री सुषमा स्वराज लगायतसँग भेटघाट र छलफल गर्नेछन् । एसडी मुनी, आनन्दस्वरुप बर्मा लगायत भारतीय बुद्धिजिवीहरूसँग भेटघाट र अन्तरक्रिया गर्ने कार्यक्रमम रहेको दाहालका स्वकीय सचिव चुडामणी खडकाले जानकारी दिए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै