नेभिगेशन
अन्य

सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित

काठमाडौँ । व्यवस्थापिका–संसद्बाट आर्थिक वर्ष २०७२/७३ का लागि नेपाल सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । धन्यवादको प्रस्तावद्वारा राष्ट्रपतिबाट यही असार २३ गतेको बैठकमा पेस भएको सम्बोधनमा उल्लिखित आर्थिक वर्ष २०७२/७३ का लागि नेपाल सरकारको नीति तथा कार्यक्रममाथि प्राप्त संशोधनलाई बैठकले अस्वीकार गर्दै नीति तथा कार्यक्रम पारित गरेको हो । नीति तथा कार्यक्रममा एमाओवादीका गिरिराजमणि पोखरेल, राप्रपा नेपालका सुशीलकुमार श्रेष्ठ, राष्ट्रिय जनमोर्चाका मीना पुन, नेपाल मजदुर किसान पार्टीका अनुराधा थापामगरलगायतले संशोधन प्रस्ताव फिर्ता लिन अस्वीकार गरेका थिए । बैठकमा अर्थमन्त्री डा रामशरण महतले आर्थिक वर्ष २०७१/७२ को आर्थिक सर्वेक्षण पेस गरे । त्यसअघि बैठकमा सभामुख सुवास नेम्वाङले अर्थ मन्त्रालयबाट प्राप्त आर्थिक वर्ष २०७२/७३ को राजस्व र व्ययको अनुमान पेस गर्नेसम्बन्धी पत्रको व्यहोरा वाचन गरेका थिए । व्यवस्थापिका–संसद्को अर्को बैठक यही असार २९ गते मङ्गलबार अपराह्न १६ः०० बजे बस्नेछ । उक्त बैठकमा अर्थमन्त्रीले आर्थिक वर्ष २०७२/७३ को राजस्व र व्ययको विवरण बजेट पेस गर्नेछन् ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै