नेभिगेशन
अन्य

कोसी अञ्चल अस्पतालमा औषधिको अभाव

बिराटनगर । औषधि सकिएको झन्डै एक वर्ष बित्न लाग्दासमेत कोसी अञ्चल अस्पताल विराटनगरको मेडिकल स्टोरमा औषधिको अभाव कायमै छ । आर्थिक अभावका कारण आव २०७१÷०७२ देखि कोसी अञ्चल अस्पताल विराटनगरको मेडिकल स्टोरमा औषधि आयात हुन नसकेपछि औषधिको अभाव भएको हो । सामाजिक सेवा इकाईमार्फत विपन्न, गरिब, दलित, आदिवासी जनजाति, महिला, मुस्लिम वृद्धवृद्धालाई निःशुल्क औषधि वितरण गर्दै आएको थियो । तर २०७१ साल साउनदेखि नै सरकारले निःशुल्क औषधि वितरणका लागि बजेट नपठाउँदा विपन्न समुदायले निःशुल्क औषधि पाउन सकेका छैनन् । अस्पतालमा औषधि नहुनुमा अस्पताल प्रशासन दोषी नरहेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट चिकित्सक रोशन पोखरेल बताउछन् । उनका अनुसार २०७० असारमा असहाय कोषका लागि बजेट पठाएको थियो । तीन वर्षपहिला देखि नै सरकारको निर्णयअनुसार क्षेत्रीय रुपमा विराटनगरलगायत पाँच स्थानलाई क्षेत्रीय सामाजिक सेवा इकाईमार्फत औषधि वितरण गर्ने निर्णय भएको थियो । तर एक वर्ष मात्र आवश्यक रकम दिएकामा अहिलेसम्म चाहिने रकम प्राप्त हुन सकेको छैन । जसका कारण आर्थिक अवस्था कमजोर भएका गरिब, दलित, असहाय, ज्येष्ठ नागरिक निःशुल्क औषधि पाउनबाट वञ्चित रहेको अस्पताल प्रशासनले जनाएको छ । अस्पतालका अनुसार २०७० सालमा करिब एक करोड ४० लाख जति बजेट असहाय कोषका लागि दिएको थियो । सो रकमले औषधि खरिद गरेर असहायलाई औषधि वितरण गरिएको थियो । त्यसमा रकम अपुग हुँदा अस्पतालले ऋणमा औषधि खरिद गरेको थियो त्यसको रकमसमेत झन्डै ६० लाख अझै तिर्न बाँकी रहेको अस्पताल प्रशासनको भनाइ छ । अघिल्लो आर्थिक वर्षदेखि असहाय कोषका लागि भनेर कुनै बजेट नआएको कारण निःशुल्क औषधि दिन सक्ने अवस्था नरहेको कोसी अञ्चल अस्पतालका लेखा प्रमुख विजयहरि शर्माको भनाइ छ । अस्पतालमा पूर्वाञ्चलका विभिन्न जिल्लाका सर्वसाधारण उपचारका लागि आउने गरेको अस्पताल प्रशासनले जनाएको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै