नेभिगेशन
अन्य

पुष्पकमल दाहाल पछि देउवा पनि दिल्ली जाँदै

काठमाडौ। नेपाली कांग्रेसका वरिष्ठ नेता एवम पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा पनि भारत जाने भएका छन । उनी साउन १५ गते भारतको नयाँ दिल्ली जाने कार्यक्रम तय भएको छ । संविधान निर्माण प्रक्रियाले गति लिइरहेको बेला भारत सरकारको निम्तोमा देउवा भारत जाने तय भएको हो। अरू दलका शीर्ष नेता पनि भारत जाने तयारीमा छन् । देउवाका सहयोगी भानु देउवाले भात जाने तयारी भएपनि मिति तय नभएको बताए । एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल असार २९ गते नयाँ दिल्ली जाँदैछन् । उनी साउन ३ गते फर्कने कार्यक्रम छ। भारतीय विदेशमन्त्री सुषमा स्वराजसहित उच्चपदस्थ पदाधिकारीसँग दाहालको भेटवार्ता कार्यक्रम तय भइसके पनि थप जानकारी गराइएको छैन। प्रमुख दलबीच भएको १६ बुँदे सहमति र संविधानको प्रारम्भिक मस्यौदाप्रति असन्तुष्ट तराई–मधेस केन्द्रित ४ दलका अध्यक्षहरू पनि दिल्ली भ्रमणका लागि प्रयास गरिरहेका छन्। भारतीय दूतावास स्रोतअनुसार भारत सरकारले प्रमुख दलका शीर्ष नेतालाई प्राथमिकतामा राखेर दिल्ली भ्रमणको निम्तो दिएको हो।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै