नेभिगेशन
अन्य

एक लाख घुस लिएको आरोपमा नापी अधिकृत पक्राउ

चितवन । अख्तियार दुरुपयोग अनुशन्धान आयोगले एक लाख रुपैयाँ घुस लिएको आरोपमा भरतपुर नापी कार्यालयका अधिकृत रामकान्त आचार्यलाई आइतबार बिहान पक्राउ गरेको छ। उनलाई अख्तियारको मध्यमाञ्चल क्षेत्रीय कार्यालय हेटौंडाबाट आएको टोलीले समाएको हो। सो कार्यालयका प्रवक्ता महेन्द्र भट्टराईका अनुसार आचार्यलाई अख्तियारले मंगलबारदेखि खोजी रहेको थियो। आचार्यले भरतपुरका मोतीबहादुर बराईलीसँग घुस लिएको अख्तियारको आरोप छ। लालपुर्जामा नभएको तर फिल्ड र नक्सामा भएको साढे तीन धुर जग्गा खोजी पाउँ भनेर नापी कार्यालयमा फागुनदेखि धाउँदै आएका मोतीबहादुसँग आचार्यले रकम मागेका थिए। मंगलबार बराईलीले आचार्यलाई रकम दिए लगत्तै अख्तियारले उनको कार्य कक्षमा छापा मारेको थियो। नापी कार्यालयमा घुस खाने प्रवृत्ती बढेको व्यापक गुनासो आएपछि अख्तियार टोलीले दुई दिनदेखि निगरानी बढाएको थियो। मंगलबार नै आचार्य पनि नियन्त्रणमा आएका थिए तर तीन घण्टापछि टोलीको आँखा छलेर फुत्किएका थिए। बिहीबार नापी कार्यालयमा आए पनि अख्तियारलाई वेवास्ता गरेर बसेका आचार्य आइतबार पक्राउ परेका हुन्।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

राजधानीमा भएको कार्यक्रममा सगरमाथा आरोही लाक्पा दोर्जीशेर्पालाई सम्मान गरिएको थियो । शेर्पालाई कार्यक्रममा आयोजक संघका अध्यक्ष निरोज मास्के, नेपाल प्रज्ञा–प्रतिष्ठानकापूर्व कुलपति गंगाप्रसाद उप्रेती, संघका संरक्षक, परराष्ट्रविद एवं क्यानडाका ...