नेभिगेशन
अन्य

चार मधेसी दलद्वारा संविधानसभा बैठक बहिष्कार

काठमाडौं । संघीय समाजवादी फोरम नेपालसहितका चार मधेसवादी दलले संविधान सभा बैठक बहिष्कार गरेका छन् । आइतबार बसेको संविधानसभा बैठकको सुरुमै विशेष समय लिएर बोल्दै तराइ मधेश लोकतान्त्रिक पार्टीका सभासद् सर्वेन्द्रनाथ शुक्लाले मस्यौदा माथिको छलफल आफूहरुका लागि अर्थहीन भएको बताए । लगत्तै उनले आइतबारको बैठक बहिष्कार गर्ने घोषणा गरे । उनको घोषणासँगै चारदलका सभासदहरु बैठकबाट बाहिरिएका छन् । संविधानसभाको बैठक चलिरहेको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

राजधानीमा भएको कार्यक्रममा सगरमाथा आरोही लाक्पा दोर्जीशेर्पालाई सम्मान गरिएको थियो । शेर्पालाई कार्यक्रममा आयोजक संघका अध्यक्ष निरोज मास्के, नेपाल प्रज्ञा–प्रतिष्ठानकापूर्व कुलपति गंगाप्रसाद उप्रेती, संघका संरक्षक, परराष्ट्रविद एवं क्यानडाका ...