नेभिगेशन
LEADING_MAIN

एनआरएनए अष्ट्रेलियाको अध्यक्षमा सुरेन्द्र सिग्देल विजयी( चुनावी चहलपहल फोटो फिचर सहित)

सिड्नी । गैर आवासीय नेपाली संघ एनआरएनए अष्ट्रेलियाको आगामी दुई वर्षे कार्यकालको लागि सुरेन्द्र सिग्देल अध्यक्ष पदमा विजयी भएका छन् । जुलाई ४ तारिख शनिवार भएको निर्वाचनमा सिग्देलले आफ्ना प्रतिष्पर्धी भरत पोखरेललाई पराजित गरेका हुन् । इलेक्ट्रोनिक मतदानमा पोखरेलले १८ सय ६८ मत ल्याए भने सिग्देलले २ हजार ३६ मत ल्याउन सफल भए । यस्तै सचिव पदमा टोनु गोथानेले २१ सय ५३ मतका साथ विजयी भए । उनका प्रतिद्वन्दी स्वतन्त्र प्रताप शाहले १६ सय ५७ मत प्राप्त गरे । सह–सचिवमा भिष्म भण्डारी विजय भएका छन् । उनले २१५५ मत पाएर आफ्नो प्रतिस्पर्धी सरोज शर्मालाई ६ सय ५६ मतको भारी अन्तरले विजय हात पार्न सफल भए । आफ्नो विजयलाई भण्डारीले सबैको जीत भएको बताउँदै युवाहरुको अभिवृद्धि विकास तथा साझा एनआरएन बनाउँन सक्दो रुपमा लाग्ने बताए । FullSizeRender यसैगरी कोषाध्यक्ष पदमा डिला खरेलले २३ सय ३० मत ल्याएर विजयी भए भने उनका प्रतिद्वन्दी प्रकाश सापकोटाले १४ सय १४ मत ल्याएका थिए । प्रमुख निर्वाचन आयुक्त जोग लिम्बुका अनुसार न्यू साउथवेल्सको संयोजक एवं एनआरएनए अष्ट्रेलियाको उपाध्यक्ष पदमा दिनेश पोखरेले १२ सय ३० मत, उपसंयोजकमा प्रकाश खरेलले १२ सय ४० मत, सचिव मा भुपाल सिटौलाले एक हजार ८९ मत, कोषाध्यक्षमा लक्ष्मण सापकोटाले एक हजार एक ७६ मत ल्याएर विजयी भएका छन् । त्यसैगरी विजय शर्मा चापागाई यूथ कोर्डिनेटरमा विजयी भएका छन् । Screen Shot 2015-07-05 at 1.18.28 PM निर्वाचन आयोगका अनुसार एनसीसीका सदस्य पदमा नन्द गुरूङ १२ सय ४१, जानकी पौडेल १२ सय ६, छविप्रसाद सापकोटा ११ सय ५४, विकास केसी एक हजार ६७, उषाकिरण बारिया नौ सय ७ र राजकुमार अधिकारी आठ सय ९२ मत ल्याएर निर्वाचित भएका छन् । यसैगरी एनएसडब्लु एससीसी सदस्यहरू तर्फ आरती पोखरेल ११ सय ४०, पूजा चन्द ११ सय २९, सुनिता लिम्बु शर्मा एक हजार ९८, श्रृष्टि पौडेल एक हजार ७४, अर्जुन केसी एक हजार ४९, देवेन्द्र गैरे नौ सय ७९, दीपबाबु लामिछाने नौ सय ४९, मञ्चला सिटौला दाहाल नौ सय ४७, महेश प्रसाईं नौ सय २८, कृष्ण निरौला नौ सय १८, राजेश केसी नौ सय ४, जीतजंग खड्का आठ सय ९८, रमेश केसी आठ सय ८५, गीता लम्साल आठ सय ६४, रोहित खड्का आठ सय ३४, निजन चौलागाईं आठ सय १४ र प्रकाशचन्द्र अर्यालले आठ सय ११ मत ल्याएर बिजयी हुन सफल भए । 20000_10152808191111486_7794883224771342027_n त्यसैगरी एनआरएन आइसीसी सदस्यहरुमा केशव प्रसाद सापकोटा, बालचन्द्र भट्टराई, डा. राजु अधिकारी, इश्वर कुइकेल र प्रकाश जिसी विजयी भएका छन् । मतपरिणामको घोषणा भएपछि नेपाल न्युज अस्ट्रेलियासँग संक्षिप्त कुरा गर्दै नवनिर्वाचित अध्यक्ष सुरेन्द्र सिग्देलले यो विजयी आफ्नो मात्र नभएर नेपाली समुदायको जित भएको बताउँदै सबै वर्ग र समुदायको साथ र सहयोगमा आफुले निर्वाचनका क्रममा अगाडि सारेका एजेण्डालाई पुरा गर्ने प्रतिबद्वता व्यक्त गरे । अध्यक्ष पदका प्रत्यासी भरत पोखरेलले आफुलाई सहयोग र साथ दिने मतदाता, शुभचिन्तक र आफन्तजनहरुप्रति हार्दिक आभार व्यक्त गर्दै समाजको हितका लागि आफु पदमा नरहे पनि सधैं क्रियासिल रहिरहने बताए । DSC_0791 निर्वाचन आयोगका अनुसार पश्चिम अष्ट्रेलियाको स्टेट कोर्डिनेटरमा राज थपलिया, वरिष्ठ उपाध्यक्षमा दीपक शर्मा सचिवमा सैलेश मैनाली र कोषाध्यक्षमा आशिष अधिकारी चयन भएका छन् । IMG_0829 यसैगरि स्टेट को–अडिर्नेसन कमिटी सदस्यहरूमा क्रमशः राजेश बुढाथोकी दिपक शाक्य, शेखर घिमिरे, राजन घिमिरे, कृष्णमान श्रेष्ठ, संजय चौधरी, भोजराज खत्री, नवीन मैनाली र नवीन विडारी बिजयी भएका छन् । DSC_0777 त्यस्तै नेसनल को–अर्डिनेशन कमिटीमा पश्चिम अष्ट्रेलियाबाट सदस्यहरूमा कमल तिमल्सिना, गणेश घिमिरे र दिपक पराजुली विजयी भए । यसैगरी साउथ अष्ट्रेलिया (एडिल्ऽेड) को निर्वाचनको परिणाम अनुसार संयोजकमा नवीन कँडेल, सहसंयोजकमा नरायणकाजी गुरूङ, कोषाध्यक्षमा संगिता बुढाथोकी, सचिवमा नविन पन्त, सदस्यहरूमा बन्दविक्रम कार्की, दीपा थापा, प्रजीता गेलाल, बाल सापकोटा र देवराज कँडेल विजयी भएका छन् । DSC_0713 DSC_0815 11089065_10206832058853876_7912670428361307317_n DSC_0645
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप LEADING_MAIN
सीडनीको टाउनहलमा खुल्यो माया लाउन्ज

सीडनीको टाउनहलमा खुल्यो माया लाउन्ज

अस्ट्रेलियाको पर्यटकीय नगरी सीड्नीमा नेपाली समाज बढदैगर्दा यहाँको सबैखाले व्यबशायमा नेपालीहरुको सहभागिता महत्वपुर्ण बन्दै गएको छ ।