नेभिगेशन
अन्य

मस्यौदालाई लिएर कांग्रेसभित्र विवाद सुरु

काठमाडौ । सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसभित्र संविधानको पहिलो मस्यौदालाई लिएर विवाद सुरु भएको छ। प्रभावशाली नेतादेखि संविधानसभा सदस्यसमेतले पार्टीको मूलभूत मान्यतालाई मस्यौदाले आत्मसात गर्न नसकेको आरोप लगाएका छन्। मस्यौदा एकीकृत माओवादी र एमाले अनुकूल आएको आरोप लगाउँदै उनीहरूले असन्तुष्टि जनाएका छन्।पूर्व महामन्त्री विमलेन्द्र निधि, शेखर कोइराला, प्रदीप गिरी, मनमोहन भट्टराईदेखि संविधानसभा सदस्यसमेतले लोकतन्त्रका आधारभूत सिद्धान्तमा नेतृत्वले सम्झौता गरेको बताए। संविधानवाद र शक्ति पृथकीकरणको सिद्धान्तलाई मस्यौदाले समेट्न नसकेको गुनासो गर्दै छिटो गर्ने नाममा जनताका अधिकार कुन्ठित गर्ने काम नगर्न उनीहरूले नेतृत्वलाई सुझाव दिएका छन्। तीन दिनदेखि जारी संसदीय दलको बैठकमा शनिबार सभासदहरूले छिटोभन्दा छिटो नयाँ संविधान जारी गर्नुपर्छ भन्नेमा विवाद नभएको भन्दै अन्तरिम संविधान र सर्वोच्चको आदेशलाई पनि बेवास्ता गर्न नमिल्ने तर्क गरेका छन्।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै