नेभिगेशन
अन्य

कांग्रेस संसदीय दलमा अमरेशलाई कारवाहीको माग

काठमाडौं । मधेसवादी दलहरुसँग मिलेर भारतीय दूताबास गरेको भन्दै कांग्रेस सभासदहरुले अमरेशुकमार सिंहलाई कारबाहीको माग गरेका छन् । शनिबार बसेको कांग्रेस संसदीय दलको बैठकमा सभासद केशव बुढाथोकीले पार्टी सभासद सिंह भारतीय दूताबास गरेको विषयमा प्रश्न उठाएका थिए । ‘पार्टीले पठाएका हुन् कि के हो भनेर प्रश्न गरेका हुँ’ बुढाथोकीले भने–‘अमरेश कसको मानिस हो । कहिले मधेसवादी दलहरुसँग जाने, कहिले अराजक गतिविधि गर्ने यस्ता मानिसलाई किन कारबाही हुँदैन ?’ बद्री पाण्डे, भिष्मराज आङदाम्बे लगायतका सभासदले पनि सिंहलाई कारबाही गर्न माग गरेका छन् । तर, पार्टी सभापति एवं प्रधानमन्त्री सुशील कोइरालाले कुनै जवाफ नदिएको एक सभासदले बताए । बैठकमा सिंह भने अनुपस्थित थिए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै