नेभिगेशन
अन्य

भारतीय सांसद तथा अभिनेत्री हेमा मालिनीको कार दुर्घटनामा

काठमाडौँ । भारतको सत्तारुढ भारतीय जनता पार्टीका तर्फबाट सांसदसमेत रहेकी पुरानी हिरोइन हेमा मालिनी बिहीबार राति कार दुर्घटनामा परेकी छिन्। उनी चढेको मर्सिडिज कार अल्टो कारसँग ठोक्किएको भारतिय संचारमाध्यामहरुले जनाएका छन् । मालिनीको टाउकोमा चोट परेको भारतिय संचारमाध्यामले जनाएका छन् । त्यसैगरी अल्टो कारमा रहेका चार जना गम्भीर घाइते छन्। इन्डिया टुडेका अनुसार दुर्घटनामा एक दुई वर्षका बच्चाको ज्यान गएको छ। आगराबाट जयपुर जाँदै गर्दा उनको गाडी राजस्थानको दाउसामा दुर्घटना भएको हो। उनलाई फोर्टिस अस्पताल लगिएको छ। हेमा मालिनीले थुप्रै हिन्दी फिल्ममा अभिनय गरी ड्रिम गर्ल उपमा पाएकी थिइन्। चर्चित हिन्दी फिल्म ुशोलेु मा उनको भूमिकालाई अहिलेसम्म पनि फिल्म पारखीहरुले याद गर्ने गर्छन्। उनका पति हिन्दी फिल्मका अभिनेता धर्मेन्द्र हुन्। उनका इशा देवल र आहना देवल गरी दुई छोरी छिन्। भारतको माथिल्लो सदन राज्यसभामा भाजपाद्वारा मनोनीत सांसद भएकी हेमा यस पटकको आम निर्वाचनमा मेरठबाट चुनाव जितेर तल्लो सदन लोकसभाकी सांसद बनेकी हुन्।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै