नेभिगेशन
अन्य

वैदेशिक रोजगार ब्यवसायी संघको अध्यक्षमा बिमल ढकाल विजयी

काठमाडौ । नेपाल वैदेशिक रोजगार व्यवसायी संघको विहीवार भएको निर्वाचनबाट मिश्रित परिणाम आएको छ । अध्यक्ष र प्रथम उपाध्यक्ष र कोषाध्यक्ष नेपाली कांग्रेस निकट नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी फोरमले प्राप्त गरेको छ भने अन्य पदाधिकारीमा एमाले निकट प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्चका विजयी भएका छन् । अध्यक्षमा नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी फोरमका विमल ढकाल विजयी भए । एमाले निकट प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्चका सरोजकुमार पोखरेल २४ मतले पराजित भए । ढकालले २३७ मत प्राप्त गरेका थिए । प्रथम उपाध्यक्षमा फोरमकै कुमुद खनाल विजयी भए भने द्वितीय उपाध्यक्षमा प्रगतिशील मञ्चका हरिबहादुर पाण्डे क्षेत्री, तृतीय उपाध्यक्षमा प्रगतिशील मञ्चका मुक्तिनाथ अधिकारी विजयी भए । संघको महासचिवमा प्रगतिशील मञ्चकै रोहन गुरुङ र सचिवमा मञ्चकै राजेन्द्र भण्डारी विजयी भए । कोषाध्यक्षमा फोरमकी प्रतिमा महर्जन विजयी भइन् । विहीबार भएको संघको २३ औं साधारणसभाले नयाँ कार्यसमिति चयन गरेको हो । कार्यसमिति सदस्यहरूमा पनि लोकतान्त्रिक र प्रगतिशीलको मिश्रित परिणाम आएको छ । सदस्यमा प्रगतिशीलका रमिला ताम्राकार, शुक्र पाख्रिन, सचिन शेरचन, सरस्वती गुरुङ विजयी भए । यस्तै लोकतान्त्रिक प्यानलबाट तेजुमाया लिम्बू, पुष्पराज चौलागाइ, चेतुबाबा पोखरेल, दीपक सिंजाली, सोमबहादुर तामाङ, र प्रकाश आचार्य सदस्यमा निर्वाचित भएका छन् ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै