नेभिगेशन
अन्य

संविधानको पहिलो मस्यौदामाथि आजवाट छलफल

काठमाडौं । संविधानको प्रारम्भिक मस्यौदामाथि आज संविधानसभामा छलफल हुँदैछ । संविधान मस्यौदा समितिले बुझाएको मस्यौदाका सम्बन्धमा संविधानसभा बैठकमा सभासद्हरुबाट सुझाव दिईने छ । संविधानसभाको बैठक बिहान ११ बजे बोलाइएको छ । संविधानसभाले पारित गरेको नियमावलीअनुसार जाँदा संविधान बन्न अब करिब चार महिना लाग्छ । माघ ८ पछि नयाँ कार्यतालिका नबन्दा छिटोसक्ने छोटो कार्यतालिका बनाएर संविधान ल्याउने तयारी छ । माघ ८ गते संविधान ल्याउने गरि बनाएको कार्यतालिका अनुसार सबै प्रक्रिया पुरा गर्न संविधान आउन क्मितमा चार महिना लाग्छ । तर, दलहरुको १६ बुँदे सहमति अनुसार अब असारभित्रै संविधान जारी गर्न धेरैजसो प्रक्रिया र नियम निलम्बन गरिदैछ । कार्यतालिका बारे आज बिहीबार छलफल हुँदैछ । आजदेखि संविधानमा छलफल सुरु हुनेछ प्रारम्भिक तयारी हनुसार त्यो छलफल तीनदिनमा नै सक्ने तयारी छ । एकजना सभासदलाई बढीमा ३ मिनेटको समय बढीमा ३ सय सभासदले बोल्ने र १५ घण्टामा छलफल सकिने प्रारम्भिक अनुमान छ । त्यस अवस्थामा बिहिबारदेखि शुरु हुने छलफल कम्तिमा ३ दिन चल्ने छ । सदस्यहरुले उठाएका प्रश्नको समिति सभापति सिटौलाले जवाफ दिएपछि जनताको प्रतिकिृया र राय सुझाव संकलनका लागि राजपत्रमा प्रकाशित गर्न र जनतामाझ लैजान नागरिक सम्बन्ध तथा संविधान सुझाव समितिमा पठाउने प्रस्ताव राखेको छ । तर समितिको प्रस्ताव अनुसार नभई दलहरूको तयारीअनुसार फास्ट ट्याकमा जाँदा सार्वजनिक सञ्चारमाध्यममा प्रकाशित र प्रसारण गरेर रायसुझावका लागि बढीमा पाँच दिन छुटाउने तयारी छ । यद्धपी सत्तासिन दलभित्रै कुरा भने मिलेको छैन । कांग्रेस कम्तिमा १५ दिन छुट्याउनुपर्ने अडानमा छ । नागरिकबाट आएका सुझाव मिलाएर संविधानसभामा पेश गर्न कम्तिमा ३ दिन लाग्ने अनुमान छ । संवाद समितिले तयार पारेको प्रतिवेदन फेरि संविधानसभा हुँदै मस्यौदा समितिमा विधेयक निर्माणका लागि पठाउने पर्छ । विधेयक निर्माणका लागि पनि कम्तिमा ७ दिन चाहिने छलफल भएको छ । सर्वसम्मतिले पारित भएका विषय बाहेक विवादित विषयलाई नियमावली अनुसार मतदानको प्रक्रियाद्धारा निणर्य गर्नुपर्ने भएकाले त्यसका लागि पनि कम्तिमा एक हप्ता आबश्यक हुनेछ । दलहरुबीच कुनैपनि अवरोध नभए र उनीहरुले भनेको सुपर फास्ट्रयाकमा गए कम्तिमा २१–२२ दिन लाग्छ र साउनको पहिलो हप्ता नेपाली नागरिकले संविधान पाउने छन् ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै