नेभिगेशन
अन्य

काभ्रेलाई केन्द्र बनाएर बिहानै ४ रेकटरको धक्का

काठमाडौं । काभ्रेलाई केन्द्र विन्दु बनाएर बिहीबार बिहानै भूकम्पको पराकम्पन महशुस भएको छ । काभ्रेको देवीटार र नाला उग्रचन्डीलाई केन्द्र विन्दु बनाएर बिहान ५ बजेर २६ मीनेटमा ४.१ रेक्टरस्केल म्याग्नेच्यूटको भूकम्पको पराकम्पन गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । यसअघि बुधबार पनि भूकम्पका तीन पराकम्पन महशुस गरिएको थियो । बिहान ३ बजेर ३३ मिनेटमा सिन्धुपाल्चोक केन्द्र बनाएर ४ रेक्टरस्केल म्याग्नेच्यूटको पराकम्पन गएको थियो भने बिहान ९ बजेर १२ मिनेटमा दोलखा केन्द्र बनाएर ४ रेक्टरस्केलकै पराकम्पन गएको थियो । त्यस्तै दिउँसो ३ बजेर ३४ मिीट जाँदा नुवाकोट र रसुवालाई केन्द्र बनाएर ४ रेक्टरस्केल म्याग्नेच्यूटको पराकम्पन गएको थियो । गत वैशाख १२ गते गएको भूकम्पपछि पराकम्पन जानेक्रम अझै रोकिएको छैन् ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

राजधानीमा भएको कार्यक्रममा सगरमाथा आरोही लाक्पा दोर्जीशेर्पालाई सम्मान गरिएको थियो । शेर्पालाई कार्यक्रममा आयोजक संघका अध्यक्ष निरोज मास्के, नेपाल प्रज्ञा–प्रतिष्ठानकापूर्व कुलपति गंगाप्रसाद उप्रेती, संघका संरक्षक, परराष्ट्रविद एवं क्यानडाका ...