नेभिगेशन
अन्य

कांग्रेस जिल्ला सभापतिहरुको भेला आज

काठमाडौं । नेपाली काँग्रेसका जिल्ला सभापतिहरुको भेला आज पार्टीको केन्द्रीय कार्यालय सानेपामा हुने भएको छ । पार्टीको आसन्न १३ औ महाधिवेशनको पूर्वसन्ध्यामा पार्टी सभापतिहरुको चालु कार्यकाल सकिनै लाग्दा सभापतिहरुबीच एकआपसमा अन्तक्र्रिया गर्न भेलाको आयोजना गरिएको बताइएको छ । नेपाली काँग्रेस धादिङका जिल्ला सभापति रामनाथ अधिकारीका अनुसार आज विहान ११ बजेदेखि सुरु हुने भेलामा पार्टीको मौजुदा विधानलगायतका विषयमा छलफल गरिनेछ । संवैधानिक रुपमा अनिवार्य गर्नुपर्ने पार्टीको महाधिवेशन र गत वैशाख १२ गते गएको विनाशकारी भूकम्पपछि वर्षातको समयमा हुन लागेको महाधिवेशनलाई पार्नसक्ने प्रभावलगायतका विषयमा छलफल गरिने उनले जानकारी गराए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

राजधानीमा भएको कार्यक्रममा सगरमाथा आरोही लाक्पा दोर्जीशेर्पालाई सम्मान गरिएको थियो । शेर्पालाई कार्यक्रममा आयोजक संघका अध्यक्ष निरोज मास्के, नेपाल प्रज्ञा–प्रतिष्ठानकापूर्व कुलपति गंगाप्रसाद उप्रेती, संघका संरक्षक, परराष्ट्रविद एवं क्यानडाका ...