नेभिगेशन
अन्य

कांग्रेस संसदीय दलको बैठक बस्दै

काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलको बैठक आज बिहान प्रधानमन्त्री निवास वालुवाटारमा बस्दैछ । हिजो बसेको संसदीय दलको बैठकमा पार्टीका महामन्त्री एवम् संविधान मस्यौदा समितिका सभापति कृष्णप्रसाद सिटौलाले संविधानमा समावेश भएका विषय वस्तुका बारेमा सभासद् र केन्द्रीय सदस्यहरुलाई जानकारी गराएका थिए । नयाँ बानेश्वरस्थित संविधानसभा भवनमा साँझ बसेको संसदीय दलको बैठकको अध्यक्षता पार्टी उपसभापति रामचन्द्र पौडेलले गरेका थिए । बैठकमा उपसभापति पौडेल र समिति सभापति सिटौलाले संविधानमा समावेश भएका विषय वस्तुहरुका बारेमा जानकारी गराएको नेपाली काँग्रेसका प्रमुख सचेतक चिनकाजी श्रेष्ठले जानकारी दिए । बैठकमा पार्टीका केन्द्रीय सदस्य तथा सभासद्हरु गरी १७० भन्दा बढीको उपस्थिति थियो । सभासद्हरुले आ–आफ्नो धारण राख्ने क्रम नसकिएकाले आजका लागि पनि संसदीय दलको बैठक तय भएको हो ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै