नेभिगेशन
अन्य

कृषिमन्त्री पराजुलीले गरेको अश्लिल हर्कतको संसदमा विरोध, कारवाही गर्न माग

काठमाडौं । कृषिमन्त्री हरिप्रसाद पराजुलीले मंगलबार मुलपानीमा महिलाहरुमाथि अभद्र व्यवहार गरेको भन्दै बुधबार व्यवस्थापिका संसदको बैठकमा कुरा उठेको छ । कृषिमन्त्री हरिप्रसाद पराजुलीले मंगलबार मुलपानीमा महिलाहरुमाथि अभद्र व्यवहार गरेको भन्दै सभासदहरुले कारबाहीको माग गरेका छन् । व्यवस्थापिका संसदको बुधबारको बैठकमा प्रमुख विपक्षी एकीकृत नेकपा माओवादीसहितका दलका सभासदहरुले मन्त्रीको हर्कतको आलोचना गरेका हुन् । बैठकमा सभामुखसँग विशेष समय लिएर बोल्दै एमाओवादी सभासद जनार्दन शर्मा ‘प्रभाकर’ ले कृषिमन्त्रीले सार्वजनिकस्थलमा गरेको व्यवहारले सबै नेपालीको शीर निहुरिएको बताए । उनले यसबारे सरकारले जवाफ दिनुपर्ने बताए । ‘कृषिमन्त्रीले महाजात्रा गर्नुभयो, ठूलो पदमा बस्दैमा सार्वजनिक स्थलमा अभद्र ब्यवहार प्रस्तुत गर्नु निन्दनीय र गम्भीर आपत्तीजनक छ’ एमाओवादी सभासद शर्माले सरकारसँग प्रश्न गरे–‘के ठूलो पदमा बस्दैमा मर्यादा मिच्न पाइन्छ ?’ बैठकमा नेपाल मजदुर किसान पार्टीका सभासद अनुराधा थापाले मन्त्री पराजुलीलाई कारबाही गर्न माग गरिन् । धान दिवसको अबसरमा कृषि विभागले काठमाडौं मुलपानीमा गरेको रोपाइँ कार्यक्रममा मन्त्री पराजुलीले अश्लिल हर्कत देखाएका थिए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै