नेभिगेशन
अन्य

गएरातीको भारि वर्षाका कराण बिभिन्न ठाँउमा सडक अवरुद्ध

काठमाडौं । गएरातीको भारि वर्षाका कारण झण्डै आधा दर्जन ठाँउमा सडक यातायत अवरुद्ध भएका छन् । प्रहरीका अनुसार पाल्पाको सिद्धार्थ राजमार्ग दोभान– ५ माथिल्लो सिद्धबाबामा पहिरोको कारण बाटो अबरुद्ध भएको छ । सो बाटो खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ । यसैगरि इलामको सुर्यदय नगरपालीका–३ मेची राजमार्गमा पहिरोको कारण बाटो अबरुद्ध भएको र खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ । त्यसैगरि रसुवाको टिमुरे–१ मा बर्षाको कारण केरुङ जाने बाटो अबरुद्ध भएको प्रहरीले जनाएको छ । साथै रसुवाकै राम्चे–३ ग्राङ पासाङ ल्यामु राजमार्जमा बर्षाको कारण पहिरो आई बाटो अबरुद्ध भएको छ । प्रहरीले पहिरोको अवरोध हटाएर बाटो खुलाउने प्रयास भइरहेको जनाएको छ । यसैगरि धनकुटाको कोशी राजमार्गमा पर्ने धनकुटा नगरपालीका–१५ लाबर कोटेमा बर्षाको कारण पहिरो आई बाटो अबरुद्ध भएको र खुलाउने प्रयास जारी रहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

राजधानीमा भएको कार्यक्रममा सगरमाथा आरोही लाक्पा दोर्जीशेर्पालाई सम्मान गरिएको थियो । शेर्पालाई कार्यक्रममा आयोजक संघका अध्यक्ष निरोज मास्के, नेपाल प्रज्ञा–प्रतिष्ठानकापूर्व कुलपति गंगाप्रसाद उप्रेती, संघका संरक्षक, परराष्ट्रविद एवं क्यानडाका ...