नेभिगेशन
अन्य

संविधानसभाको बैठक साँझ ६ बजेका लागि सर्यो

काठमाडौँ । दिउँसो २ बजे बस्ने भनिएको संविधानसभाको बैठक साँझ ६ बजेका लागि सारिएको छ । संविधान मस्यौदा समितिले तयार पारेको एकीकृत मस्यौदामा बाँकी रहेका विवादित विषयमा मोटामोटी सहमति जुटेको भए पनि आवश्यक तयारी पूरा नभएका कारण बैठक सारिएको बताइएको छ । सोमबार मध्यराति बैठक बसेर अर्को बैठक आज दिउँसो २ बजेका लागि तय गरिएको थियो । विभिन्न तयारी गर्न समय लागेका कारण संविधानसभाको बैठक सारिएको संविधानसभा सचिवालयका सहायक प्रवक्ता सुदर्शन कुईंकेलले जानकारी दिए । उनका अनुसार संविधानसभाको बैठक सारिए पनि आजै दिउँसो ३ बजेका लागि तय गरिएको व्यवस्थापिका–संसद्को बैठक भने यथावत् छ । केही विवादित विषयको टुङ्गो लाग्न अझै बाँकी रहेको भन्दै प्रमुख राजनीतिक दलका शीर्ष नेता छलफलमा जुटिरेको बताइएको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै