नेभिगेशन
अन्य

भुकम्पका कारण जोखिमयुक्तमा परेका बस्ती १५ दिन भित्र सार्ने

काठमाडौं । सरकारले भूकम्पपछि जोखिममा परेका बस्ती १५ दिन भित्र सार्ने भएको छ । मंगलबार विहान बसेको मन्त्रिपरिषद बैठकले जोखिमयुक्त बस्ती १५ दिन भित्र सार्ने निर्णय गरेको बैठकपछि शहरी विकास मन्त्री डा. नारायण खड्काले जानकारी दिए । जोखिमयुक्त बस्ती सार्नका लागि गृहमन्त्री बामदेव गौतम संयोजक तथा स्थानीय विकास र शहरी विकास मन्त्री सदस्य रहने गरी ३ सदस्यीय समिति बनाइएको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले गृह, स्थानीय विकास र शहरी विकास मन्त्रालयलाई जतिसक्दो छिटो जोखिमयुक्त बस्ती सार्ने जिम्मा दिएको थियो । शहरी बिकास मन्त्रालयले भूकम्पबाट अति प्रभावित ८ जिल्लाका बस्ती जोखिमयुक्तको सूचीमा राखी सार्नैपर्ने निष्कर्ष निकालेको छ । रामेछापका ५ हजार ५४८, गोरखाका २ हजार २४२, सोलुखुम्बुका १ हजार ७३६, धादिङका १ हजार ७४२, मकवानपुरका १ हजार २३८, सिन्धुलीका ८०७, ओखलढुंगाका १०३ र लमजुङका ५९ घरधुरी स्थानान्तरण गर्न सिफारिस गरेको शहरी विकास मन्त्रालयले गरेको थियो । यसअघि खानी तथा भूगर्भ विभाग र बिज्ञ सहितको टोलीले ति क्षेत्रलाई जोखिपूर्ण भन्दै बस्ती स्थानान्तरण गर्न सरकारलाई सुझाव दिएको थियो । त्यही अनुसार मन्त्रालयले बस्ती स्थानान्तरण गर्ने प्रस्ताव मंगलबारको मन्त्रिपरिषद बैठकमा पेस गरेको थियो ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै