नेभिगेशन
अन्य

मध्यरातमा सहमति भएपछि संविधानको मस्यौदा छाप्ने तयारी

काठमाडौ । दलहरुका बीचमा मस्यौदा समितिले संविधानको प्रस्तावनामा राखेको संसदीय लोकतान्त्रिक प्रणाली, भन्ने शब्द र नयाँ संविधान जारी भएको ६ महिनाभित्र स्थानीय निकायको निर्वाचन गर्नुपर्ने भन्ने धारालाई पनि हटाउने सहमति भएपछि अहिले नयाँ संविधानको मस्यौदा छाप्ने काम भइरहेको छ । संविधान मस्यौदा समितिले अहिले विवादित विषयहरुलाई मिलाएर भाषागत त्रुटीहरु सच्याइरहेका छन् । मंगलबार बिहान पनि संविधान सचिवालय सिंहदरबारमा समितिका संयोजक कृष्ण सिटौलासहित मस्यौदालाई अन्तिम रुप दिइरहेका छन् । विवादित विषयमा मध्यरातमा सहमति भएको प्रमुख तीनदलका ठूला नेताले गरेको दाबी गरेको थिए । मस्यौदाले पूर्णता पाएपछि सबै दलले हस्ताक्षर गरेर मस्यौदा छपाउन प्रेसमा पठाउने तयारी भइरहेको छ । संविधान सभा सचिवालयका सह–प्रवक्ता सुदर्शन कुइँकेलले मस्यौदा समितिले अन्तिम रुप दिएर छपाइ सक्नको लागि संविधान सभाको बैठक दिउँसो दुई बजे बोलाइएको जानकारी दिए । मुख्य विवादित विषय मिलेमा अन्य केही विषयमा फरक धारणा राखेर मस्यौदा संविधानसभामा प्रस्तुत गर्न एनेकपा मओवादी सहमत भइसकेको छ । एमाले उपाध्यक्ष विद्या भण्डारीका अनुसार मध्यरातिसम्मको छलफलमा संवैधानिक निकायका पदाधिकारीको पुनर्नियुक्तिबाहेक सबै विवादित विषयमा सहमति भएको थियो । एमाओवादीले मौलिक अधिकार, नागरिकता, अदालतको संरचना, स्थानीय निकाय र विशेष क्षेत्रजस्ता महत्त्वपूर्ण विषयमा मस्यौदा संशोधनको प्रस्ताव गरेको थियो ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै